ताजा खबर

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

RadioTaplajung


रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार नेपाल–चिन सिमाना टिप्ताला भञ्ज्याङ पुग्दैछ । विहीबार सशस्त्र प्रहरीको सिमा सुरक्षा वेसक्याम्प मौवाटार पुगेको टोली शुक्रबार विहान दुई देशबिचको सिमाना टिप्तला भञ्ज्याङ पुग्नेछ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार प्रहरी नायव उपरिक्षक रवी रावल, सशस्त्र प्रहरी नायव उपरिक्षक रवीन सिलवाल टोलीमा छन । 
टिप्ताला भञ्ज्याङमा चिनको डिङजे काउण्ट्रिका सरकारी अधिकारी पनि आउने र द्धिपक्षीय भेट वार्ता हुने भट्टराईले जानकारी दिए । कोरोना संक्रमणसँगै वन्द रहेको नाका खुलाउने विषयमा स्थानीय पटक÷पटक माग गरिरहेका छन । सात दिन पछि अर्थात बैशाख २५ (अप्रिल ७) तारेखदेखि नाका खोल्ने तयारी रहेको फक्ताङलुङ गाउँपालिकाका पूर्व वडाध्यक्ष छेतेन शेर्पा भोटेले वताए । फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र जिल्ला प्रशासन कार्यालयबिच बुधबार अन्तरक्रिया कार्यक्रम भएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले