ताजा खबर

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

RadioTaplajung


  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् ।

इजरायल र गाजाबीचको युद्धका कारण धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै बन्धक बनाइएकाका परिवारका प्रतिनिधिले हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा दायर गर्ने बताएका हुन्  । यसका लागि उनीहरु हिजै नेदरल्यान्ड्सको हेग गएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा झण्डै २ सय ५० जनालाई अपहरण गरेर बन्धक बनाएका थिए, जसमध्ये झण्डै १ सय ३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको ज्यान गइसकेको अनुमान गरिएको खबरमा उल्लेख छ ।

बन्धक बनाइएका र हराइरहेका परिवार मिलेर ‘होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ गठन गरेका छन् । यो फोरमले जतिसक्दो छिटो युद्ध रोक्न र आफ्ना परिवारका सदस्यलाई सकुशल रिहाइ गर्न दबाब दिने बताएका छन् । अहिले इजरायलमा बन्धकका परिवारले  भयानक अवस्थाबाट गुज्रिनु परेको र युद्ध नरोकिए विश्वव्यापी रुपमै यस्तो समस्या निम्तन सक्ने चेतावनी समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल

RadioTaplajung

अमेरिकाको माउई जंगलमा लागेको डढेलोमा मृतकको संख्या बढेसँगै सरकारको आलोचना

  एजेन्सी अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म १०६ पुगेको छ। रोल।।। हवाई राज्यको जंगलमा लागेको डढेलोबाट