ताजा खबर

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा रहेका वाहेक सबैले आफु सदस्य रहेको वडावाट चयन भएर आउनु पर्ने भएकाले शुक्रबार सबैको ध्यान वडा केन्द्रित भएको छ । अध्यक्षको आकांक्षी डम्वरध्वज तुम्वाहाम्फे र वलवहादुर साम्सोहाङ भने सदरमुकाम फुङलिङमै छन् । दुवैले वडावाट आफुहरुको नाम सिफारिस भएर आउने वताए । तुम्बाहाम्फेले भने,‘म सदरमुकाममै छु । प्रतिनिधि वडाबाट चयन भएर आउँछन् ।’ साम्सोहाङले पनि आफू सदरमुकाममै रहेको र वडावाट प्रतिनिधि सिफारिस भएर आउने वताए । उपाध्यक्षको उम्मेद्धारको तयारीमा रहेका छत्रपति प्याकुरेल फुङलिङ नगरपालिका–४ वाट प्रतिनिधि चयन हुने निश्चित भएको छ । प्याकुरेलसहित दुर्गा पालुङवा र एक जना महिला गरी तीन जनाको नाम वडाले टुङ्ग्याएको एमाले श्रोतले वताएको छ । 
यता अधिबेशनका लागि केन्द्रवाट नेताहरु आउने क्रम सुरु भएको छ । एमाले सचिव योगेश भट्टराई शुक्रबार विहान हवाईजहाज वाट आउने तयारी छ । युवासंघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे लगायतको टोली विविबार नै ताप्लेजुङ आइपुगेको छ । डम्वरध्वज समुहमा सचिव र उपसचिवको विषयमा अझै निश्चित भइनसकेकाले थेवेको उपस्थितिमा पनि छलफल हुने श्रोतले जनाएको छ । पार्टी अध्यक्ष भुपेन्द्र थेवेले सन्तोष चाम्लिङलाई र पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङवोले घनेन्द्र मादेनलाई सचिव वनाउनु पर्ने पक्षमा रहेको थेवे पक्षका श्रोतको दावी छ । मादेनले सचिव पाए चाम्लिङलाई उपसचिव वनाउने र गोेपाल न्यौपानेलाई सचिवालय सदस्य वनाउनेगरी तयारी भइरहेको श्रोतको दावी छ । तर आफुहरुको खास प्रतिनिधि नहुने भएकाले सचिव कुनैपनि हालतमा छोड्न नहुने तयारीमा सिनामका नेता छन । युवा संघका अध्यक्ष थेवेको भुगोलपनि ताप्लेजुङ भएकाले उनले चाम्लिङको पक्षमा वकालत गर्ने देखिएको छ । सचिवकै कारण डम्वरधवज समुहले भीमादेवी ओझा र मिना केदेमको नाम उप सचिवमा टुंग्याउन सकेको छैन । अहिलेकै तयारी अनुसार उम्मेद्धारी दिए अध्यक्षमा डम्वरध्वज र वलवहादुर, उपाध्यक्षमा छत्रपति र दिपेन पोमु, सचिवमा मणीशंकर पोमू र  घनेन्द्र मादेन वा सन्तोष चाम्लिङविच प्रतिष्पर्धा हुने निश्चित छ । अधिबेशन वैसाख २४ गतेदेखि सदरमकुाम फुङलिङमा हुँदैछ । अधिवेशनका लागि ३ सय ६१ जना प्रतिनिधि चयन हुने एमाले पार्टी उपसचिव मणिशंकर पोमूले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले