ताजा खबर

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

RadioTaplajung

 

किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते 
‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल युट्युव च्यानलवाट उक्त गीत सार्वजानीक भएको हो । 
ताप्लेजुङको विभिन्न रमणीय स्थलहरुमा छायाङ्कन भएको गीतको शुक्रवार  ताप्लेजुङ कलाकार संघका अध्यक्ष तथा चर्चित गायक दीपक लिम्बूद्धरा ताप्लेजुङ सदरमुकामस्थित एक होटलमा विमोचन पनि गरिएको छ । 
विजय लिम्बू र विनुसा राईद्धरा स्वराङ्कन रहेको गीतको म्युजिकभिडियोमा संचारकर्मी तथा मोडल दिनेश लिङ्खिम,प्रिन्स साम्सोहाङ,विमु मादेन,पुष्पा थेवे आदी कलाकारको अभिनय रहेको छ । शीता लिम्बूको सब्द छ भने अशोक मुकारुमले संगीत भर्नुभएको छ ।  
निर्देशन पनि  मोडल  लिङ्खिमले नै गरेको भिडियोमा छायाङ्कन तथा सम्पादन सुवाश  लिम्बुले गर्नुभएको छ भने ड्रोन बसन्त लिम्बुले चलाउनु भएको हो । 
विमोचन कार्यक्रमका प्रमुख अथिति गायक दीपक लिम्बूले म्युजिक भिडियोमा आवद्ध कलाकारहरुको प्रस्तुतीको प्रसंसा गर्दै गीतलाई प्रगतीको शुभकमाना व्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले गीत संगितले पर्यटकीय स्थलको  प्रचारप्रसारमा गहिरो छाप छाड्ने भएकाले ताप्लेजुङका विभन्न स्थलमा छायाङ्कन भएको गीतको म्युजिक भिडियोले ताप्लेजुङको पर्यटनलाई  नयाँ आयाम प्रदान गर्नसकोस् भनि शुभकामना व्यक्त गर्नुभो । 
कार्यक्रममा वाल्दै सहायक प्रमुख जिल्ला अधिकारी टंक बहादुर भट्टराईले निर्माण पक्षको मेहिनेत अनुसारको उत्कृष्ट म्युजिक भिडियो वनेको भन्दै प्रसंसा गर्नुभयो । 
गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठले कलाकारको अव्बल प्रस्तुती रहेको वताउदै  जिल्लाको गौरवलाई वोकेको गीतको म्युजिक भिडियोको सफल्ताको कामाना गर्नुभयो । 

म्युजिक भिडियो ताप्लेजुङको सुकेटार , कावेली लगायत क्षेत्रमा छायाङ्कन भएको छ । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण

RadioTaplajung

फ्राइडे रिलिज स् हलमा दुई नयाँ फिल्म, कबड्डी ४ तेस्रो हप्तामा

काठमाडौं , जेष्ठ २७ गते । शुक्रबारदेखि दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। कन्नड फिल्म ु७७७ चार्लीु र हलिउड फिल्म ुजुरासिक वर्ल्ड डोमिनियनु