ताजा खबर

खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुँदै

RadioTaplajung

ताप्लेजुङ फुङलिङ नगरपालिका ३ मा आज विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ अस्पतलामा उपचार भइरहेको परिवारले वताएका छन । घाइते मध्ये ६ वर्षिय वालिका ओरिना भुजेलको अवस्था चिन्ताजनक रहेको अस्पतालले वताएको छ । आमा रेनुका भुजेलमगर र ८ वर्षिय कृष्टिनाको अवस्था सुधारोन्मुख रहेकोपनि अस्पतालले जनाएको छ । फुङलिङ नगरपालिका ३ सशस्त्र प्रहरीको जाँच केन्द्र छेउ घरभएका विवस मगरले आज विहानै आफ्नै वहिनि र भाञ्जीहरुलाई घाइते बनाएका थिए । उनी आफुपनि घाइते छन । विवसको आजै अस्पतालले अप्रेशनको तयारी गरेको सँगै गएका वुवा गणेश मगरले वताए ।

तिहारमा भाइटिका लगाउन धनकुटा वाट आएकी वहिनी रेनुका आज विहान घर फर्कन लागेकी थिइन । हिड्ने तयारी गरिरहेकावेला रेनुका र भान्जीद्धय ८ वर्षीय कृष्टिना र ६ वर्षीया ओरिना भुजेललाई विवसले खुकुरीले प्राहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण थापामगरले वताए ।

विवसको पेटमा दुलो परेको थियो । भाग्नेक्रममा लडेर हो या हतियारको प्रयोग नखुलेको थापामगरले वताए । जिल्ला अस्पतालका डाक्टर चिरञ्जिवि खड्कालेपनि छुट्याउन नसकिएको प्रष्ट्याएका छन । गोलो खालको प्वाल परेकाले यकिन भएन खड्काले भने । रेनुका, कृष्टिना र ओरिनाको अधिकांस चोट भने टाउकोमा छ । प्रहरीका अनुसार छोरी र नातिनीहरुसँगै वावु गणेश मगरपनि धरान जानलागेका थिए । उनी झोला लिन घरको माथील्लो तलामा गएको मौकाछोपी खुकुरी हानेको र कराउन थालेपछि भागेको प्रहरी निरिक्षक थापामगरले वताए । विवसलाई घरदेखि केही पर लडीरहेको अवस्थामा फेला पारिएको उनले जानकारी दिए ।

डिप्रेसनका कारण यस्तो घटना भएको हुनसक्ने आसंका प्रहरीको छ । डिप्रेसनको आसंकामा गतवर्ष भारतको सिलगुडी लगेर उपचार गरिएको भन्ने भनाइ आएको थापामगरले वताए । उपचारपछि बिस्तृत अनसन्धान गरिने थापामगर वताउछन ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम