ताजा खबर

योगेशले दुई बालबालिकालाई विद्यालयमा भर्ना गराए

RadioTaplajung

योगेशले दुई बालबालिकालाई विद्यालयमा भर्ना गराए
सीताराम गुरागाई, रेडियो ताप्लेजुङ । बैसाख ६ गते । सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचिव योगेश भट्टराईले पनि दुई जना बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । ताप्लेजुङबाट निर्वाचित भट्टराईले जिल्लाको पाथिभरा याङ्वरक गाउपालिका–६ थुम्बेदिनको शारदा माबीमा कमल बिक र सोही गाउपालिका–५ को चाक्सिबोटे माबिमा गंगा बिकलाई कक्षा एकमा भर्ना गराएका हुन् । बुधबार विद्यालयमा पुगेर पाँच वर्षिय दुवै बालबालिकाको अभिभावकत्व ग्रहण गरेका उनले ब्याग, पुस्तक, कपी, कलम र ड्रेस समेत प्रदान गरेका छन् । साथै भट्टराईले दुवैलाई १० कक्षासम्म कुनै समस्या परेमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । भर्ना गराएपछि उनले भने,‘सामुदायिक बिद्यालयमा विद्यार्थी भर्नाको अभियान अत्यन्तै सहि छ, अब सामुदायिक बिद्यालयको अवस्थामा ब्यापक सुधारमा समेत प्रधानमन्त्रीको अग्रसरता अपेक्षा गरिन्छ ।’
 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम