दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने
दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने
असोज १ गते । दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।
अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहायता कक्षा कति र कुन ठाउँमा राख्ने भन्ने विषयमा भोलिदेखि परामर्श सुरु गरिने विभागका प्रवक्ता गोकर्ण उपाध्ययले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष १२ ठाउँमा काउन्टर राखिएको थियो । यस्तै चाडपर्वको समयमा बढी भाडा लिनेलाई कारबाही गर्न भोली नै ट्राफिक प्रहरी र मातहतका निकयलाई पत्राचार गरिने प्रवक्ता उपाध्ययले बताउनुभयो ।
यात्रुको समस्यालाइ ध्यानमा राखी आफुहरु ५ गते अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएको र यसको पूर्वाधार निर्माणको जिम्मा सरकारले लिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
यसअघि मूल्यबृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने लगायत माग राख्दै व्यवसायीहरु बुकिङ खुल्ला गर्न आलटाल गरिरहेका थिए । उज्यालो अनलाइन
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा
माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन
अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु
रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ । कम्पनीले पाँचथर
शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,
प्रतिकृया दिनुहोस