करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स
करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स
असोज १ गते । नेपाली चलचित्र क्षेत्रमा त्यस्ता धेरै उदाहरणहरु छन्, चलचित्र निर्माण हुन्छ र दुई दिन पनि हलमा राम्रोसँग लाग्न नपाउँदै हलबाटै उत्रिन्छ । तर त्यही भिडमा यस्ता चलचित्रहरु पनि निर्माण भएका छन् । जसले चलचित्र लाग्ने टुंगो नहुँदै करोडौंको व्यापार गरेका छन् । त्यही उदाहरण मध्यको एक हो चलचित्र ‘छक्का पञ्जा ३’ ।
चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज यसै दिन हुन्छ भन्ने अझै यकिन भइसकेको छैन । निर्माण पक्ष दशैंमा प्रदर्शन गर्ने भन्दै आएको छ । दशैंको घटस्थापनाका दिन अथवा फुलपातीका दिन, कुन दिन रिलिज गर्ने भन्ने टुंगो लागेको छैन । दर्शकहरुका निम्ति बहुप्रतिक्षित चलचित्र हो ‘छक्का पञ्जा ३’ । यसै बीच चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स निकै महँगो मूल्यमा बिक्री भएको छ । यो चलचित्र हाइलाइट्स नेपालले एक करोडमा खरिद गरेको बुझिएको छ ।
अब भने यस चलचित्रको विदेश प्रदर्शनको सम्पूर्ण जिम्मेवारी हाइलाइट्सको हातमा रहने छ । त्यससँगै मूल्य तोक्ने जिम्मेवारीसमेत हाइलाइट्सकै रहने चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताइन् ।
हाइलाइट्सले यसअघि पनि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । तर यस पटक भने चलचित्रको डिजिटल राइट्स बिक्री नगरिएको निर्देशक निरौलाको भनाइ छ ।
चलचित्रको ’पहिलो नम्बरमा’ बोलको गीतले सर्वाधिक सफलता हात पारिसकेको छ । अहिले ‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइको आवाज छ । ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत यति बेला निकै चर्चामा छ ।
चलचित्रमा दीपकराज गिरीसँगै दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सनविक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
दीपकराज गिरीको कथा रहेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।
स्रोतः उज्यालो र गफगाफ डटकमको सहकार्य
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस