ताजा खबर

इलामको चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त

RadioTaplajung

इलामको चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त


२ वैशाख । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।

शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोतः अनलाइनखबर

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम