ताजा खबर

ताप्लेजुङमा बाबुद्धारा छोरी बलात्कृत

RadioTaplajung

ताप्लेजुङमा बाबुद्धारा छोरी बलात्कृत
रेडियो ताप्लेजुङ,साउन २३ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी १७ वर्षीया छोरी आफ्नै बाबुद्धारा बलात्कृत भएकी छिन् । ४० वर्षीय बाबुले छोरीलाई पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा बुधबार दिएको उजुरीमा उल्लेख गरिएको छ ।
आरोपित बाबुलाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले गिरफ्तार गरेको प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । पक्राउ परेका आरोपितलाई बुधबार सदरमुकामस्थित प्रहरी कार्यालय ल्याउँदै गरेको डीएसपी बस्नेतले बताए । पीडितको बुधबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
साउन ५ गते अघि पनि पटक पटक बलात्कार गरेको तर अरुलाई सुनाउने र प्रहरी कार्यालयमा उजुरी गर्ने हिम्मत नभएकाले ढिला गरि आफू समेत सुरक्षित भएर प्रहरीमा उजुरी गरेको पीडितलाई उदृतगर्दै प्रहरीले जनाएको छ । घटना भएको दिन कान्छी आमासमेत माइती गएकी थिइन् । पीडितको आमाको मृत्यू भएपछि बुवाले कान्छी आमा विहे गरेको पीडितले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम