अमेरिकामा ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’को ग्रान्ड फिनाले हुँदै
अमेरिकामा ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’को ग्रान्ड फिनाले हुँदै
साउन १९ गते । अमेरिकाको ओहोयास्थिति एक्रोनमा भइरहेको ‘मेरो डान्स कप यूएस २०१८’ र ‘मेरो भ्वाइस कप २०१८’ अन्तिम चरणमा पुगेको छ । भोलि ४ अगष्टमा दुवै प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुनेछन् ।
यी दुवै प्रतियोगितामा अमेरिकामा बस्दै आएका नेपाली भाषी भुटानी तथा नेपाली युवा(युवतीहरुले भाग लिएका छन् । ‘मेरो डान्स कप’ को यो तेस्रो सिजन हो भने ‘मेरो भ्वाइस कप’ को पहिलो सिजन हो । यी दुवै प्रतियोगिता गत मार्चमा सुरु भएका थिए । मेरो भ्वाइस कपमा ७० जनाले प्रतिस्पर्धा गरेकोमा विभिन्न चरणमा छनोट हुँदै अहिले टप ४ बीच अन्तिम प्रतिस्पर्धा हुँदैछ ।
आयोजकका अनुसार एउटै टिकटबाट दुवै प्रतियोगिताको फाइनल हेर्न पाइन्छ । भीआईपी टिकटको मूल्य ५० डलर र सामान्य टिकटको मूल्य ३० डलर तोकिएको छ । प्रतियोगिताका विजेताले ३ हजार डलर क्यास र करिव १० तोलाको सुनको कप पाउनेछन् ।
यस्तै अमेरिकामा छोटो समयमा चर्चित बनेको ‘मेरो डान्स कप’ को ग्रान्ड फिनालेमा पनि ४ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता २०१६ देखि लगातार आयोजना भइरहेको छ । सन् २०१६ को प्रतियोगितामा जर्जिया एटलान्टामा बस्ने पूर्णी गुरुङ प्रथम भएकी थिइन् भने २०१७ मा नर्थ डकोटामा बस्ने मनिता सिंजालीले उपाधि जितेकी थिइन् । कार्यक्रममा लाइभ ब्याण्डको प्रयोग गरिने छ ।
यी दुवै प्रतियोगिता अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुले आफ्नो भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेका हुन् । इन्ट्रा नेसनल होम केयर ९एलएलसी० का सीईओ डिल्ली अधिकारीले कार्यक्रमको मूख्य प्रायोजन गरेका छन् ।
मेरो भ्वाइस कपको ग्रान्ड फिनालेका निर्णायक रामकृष्ण ढकाल, रिमा गुरुङ होडा, अर्जुन रसाइली रहेकाछन् । त्यसैगरी मेरो डान्स कपका निर्णायक दिलिप रायमाझी, केकी अधिकारी, नन्दिता केसी, डीभी गरूङ रहेकाछन् । कार्यक्रमको संचालन भने रिमा विश्वकर्माले गर्ने छिन् । कार्यक्रमको शोभा बढाउन नायक राजेश हमाल, गायक सत्य – स्वरूपराज आचार्य, बाबु बोगटी, गायिका इन्दिरा जोशी, भुटनिज कम्युनिटिका सम्मानित गायक प्रताप सुब्बा पनि पुगेका छन् ।
यति धेरै नेपाली कलाकार सहभागी भएको सम्भवत यो पहिलो कार्यक्रम भएको दावी गरिएको छ । कार्यक्रममा करिव ५ हजारको सहभागिता हुने अपेक्षा छ । सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक रूद्र बानियाँले जानकारी दिएका छन् । मेरो डान्स कप र मेरो भ्वाइस कप दुबै कार्यक्रमको निर्माण एजे स्टुडियोले गरेको हो ।
स्रोतःअनलाइनखबर डट कम
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस