ताजा खबर

नगरपालिकाको ध्यान सडकमा

आनन्द गौतम ताप्लेजुङ – फुङलिङ नगरपालिकाले विकासे बजेटको ठुलो हिस्सा सडकमा लगाएको छ । मंगलवार आयोजीत पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सडक निर्माणमा पाँच करोड ८० लाख ९० हजार छुट्याएको हो । नगरसभावाट पारित आर्थीक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र आयब्यय बिवरण सार्वजनीक गर्न आयोजीत कार्यक्रममा दिइएको जानकारी अनुसार ९० लाख रुपैंया बसपार्क निर्माणमा लगानी गरिएको छ । यही बर्ष सक्नेगरी लगानी गरिएको र तोक्मेडाँडामा रहेको बसपार्क स्थायीरुपमा सार्ने नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले वताए । अहिले तोक्मेडाँडामा अस्थायी रुपमा बसपार्क सञ्चालनमा रहेको छ । पूँजीगत तर्फ १७ करोड १७ करोड १८ लाख बिनियोजन गरेको नगरपालिकाले भवन निर्माणमा एक करोड ४८ लाख, ढल निकासमा एक करोड एकलाख, खानेपानीमा ७४ लाख ५० हजार, खेलमैदान निर्माणमा ६७ लाख विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले वताए । बिषयगत तर्फ जिल्ला अस्पताललाई एक करोड ५६ लाख, कृषिमा ६८ लाख ५९ हजार, पशुमा ४२ लाख ९० हजार, भू–संरक्षणमा २० लाख र सिंचाइमा ७ लाख ५० हजार छुट्याएको छ । शिक्षा क्षेत्रमा १५ करोड ४५ लाख छुट्याइएको छ । यो शिक्षकहरुको तलव भक्ता सहितको रकम हो । गैह् सरकारी संस्थालेमात्रै ७ करोड ७१ लाख खर्च गर्ने योजना नगरपालिकामा पेश गरेका छन । वजेट सार्वजनिकिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसीले स्थानीय आय बढाउनुपर्नेमा जोड दिएका थिए । नगरप्रमुख प्याकुरेलले केवलकार नीर्माण जस्ता ठुला योजना र निर्माणकालागी अनुमती समेत दिइसकिएकाले आम्दानी बढ्ने बताए ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम