ताजा खबर

ओलान्चुुङगोला — तिब्बत : सडक बन्यो गाडि गुडेनन् ।

RadioTaplajung

आनन्द गौतम
असार २५, २०७५ / लेलेप (ताप्लेजुङ) — सडक निर्माण गरिरहँदा टिप्तालाभन्ज्याङ–ओलाङचुङगोला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङलाई लागेको थियो– अब तिब्बत आउजाउ गर्न पैदलयात्रा गर्नुपर्नेछैन ।गाउँटोलका बासिन्दालाई पनि उनले खुसीको खबर सुनाए । तर ट्रयाक खुलेको वर्ष दिनसम्म पनि यहाँका बासिन्दाले गाडी चढ्न पाएका छैनन् ।
ताप्लेजुङको ओलाङचुङगोला जोड्ने सडक ।

मोटरबाटामा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । उनीहरूले तिब्बतका प्रशासन तथा प्रहरी प्रमुख चढेर आएको गाडी भने बारम्बार देख्न पाएका छन् । ओलाङचुङगोलामा जन्मेर देशरविदेशमा रहेका वालुङहरूले आफ्नै लगानीमा बस्तीदेखि तिब्बत जोड्ने सडकको ट्रयाक खोलेका हुन् । उक्त सडकमा चौंरी, याक हिंडाउन भने सहज भएको स्थानीय बताउँछन् । वालुङ समाजले ३ करोडभन्दा बढी लगानीमा २४ किलोमिटर सडक निर्माण गरेको छ । समुदायबाट रकम जुटाई चिनियाँ ठेकेदार कम्पनीमार्फत बस्तीसम्म सडक पुर्‍याइएको हो ।

सदरमुकाम फुङलिङबाट विस्तार भइरहेको सडक नजोडिएको र तिब्बतबाट सवारीसाधन खरिद गर्ने वातावरण नभएकाले स्थानीयले मोटरबाटामा पैदलयात्रा गर्नुपरेको छ । भन्सार कार्यालय नभएकाले पनि तिब्बतबाट गाडी खरिद गर्न समस्या रहेको स्थानीय बताउँछन् ।

ट्रयाक खुलेपछि हेलिकप्टरमा सानो गाडी लाने सोच बनाए पनि बिग्रँदा बनाउने ठाउँ नभएकाले लैजान नसकिएको छेतेनको भनाइ छ । चीन सरकारसँग गाडीका लागि अनुरोध गर्ने या त प्रक्रिया मिलाएर खरिद गर्ने विषयमा पनि छलफल भएको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङले बताए ।


तिब्बतसँग सडक जोड्न सक्रियता देखाएका चीनका लागि पूर्वनेपाली प्रशासक ताम्ला उक्यावसँग पनि छलफल गरिएको तर सबै सम्भावना कम भएको उनको भनाइ छ । छेतेनका अनुसार अब सदरमुकामबाट गइरहेको सडकको प्रतीक्षा गर्नुपर्ने भएको छ । फुङलिङबाट विस्तार भइरहेको सडक फक्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीसम्म पुगेको छ ।

सडक विस्तारको जिम्मेवारी लिएको एलाइट ठेकेदार कम्पनीका अनुसार ओलाङचुङगोला जोडिन अब ३० किलोमिटर बाँकी छ । सदरमुकामबाट ४० किमि ट्रयाक खुलिसकेको छ ।
निरन्तरको बसाइँसराइ रोक्न र छिमेकी देशसँग सडक सञ्जालले जोडिन ओलाङचुङगोलावासीले सडकमा लगानी गरेका हुन् । सरकारले यो सडक जोड्न बहुवर्षीय ठेक्कामा बजेट छुट्याएको छ ।स्रोत : ईकान्तिपुर

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम