रेखाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’
रेखाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’
असार २३ गते । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविच प्रेम रहेको कुरा त नौलो भएन । तर, विगत केही समयदेखि नेपाली मिडियामा यी दुइको बिहे भएको खबर समेत सार्वजनिक भैरहेको छ । तर, यी दुइले आफूहरु बिहेको तयारीमा रहेको तर बिहे नभएको बताउँदै पनि आएका छन् ।
तर, नायिका रेखा थापाले भने यी दुइको सम्बन्धको बारेमा नयाँ खुलासा गरिदिएकी छिन् । एक स्मारिकमा लेख लेख्दै रेखाले भनेकी छिन्–‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छवि ओझासँगको प्रेम र बैबाहिक सम्बन्ध, त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधीमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ । जबकी, डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो ।’
रेखाले यो कुरामा मिडियाले आफूमाथि विभेद गरेको बताइन् । उनले, जसले बिबाह गरिसक्यो उसलाई उसको बैबाहिक जीबनको बारेमा सोध्दा हुन्छ नी भन्दै पटक–पटक ममाथि नै किन प्रहार भनेर प्रश्न गरेकी छिन् । रेखाले शिल्पा र छविले २ बर्ष अगाडि नै बिहे गरेको खुलासा गरिदिएपछि अब छवि र शिल्पा बिहे भएको छैन भनेर भन्ने आधार बन्द भएको छ । स्रोतःअनलाइनखबर
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस