ताजा खबर

ताप्लेजुङको ढुङ्गेसाँघुमा घर भत्कदा एकैपरिवारका चार घाइते

RadioTaplajung

ताप्लेजुङको ढुङ्गेसाँघुमा घर भत्कदा एकैपरिवारका चार घाइते
रेडियो ताप्लेजुङ । असार २१ गते । जिल्लाको मैवाखोला गाउपालिका-१ ढुङ्गेसाँघुमा घर भत्कदा एकै घरका चारजना घाइते भएका छन । विहिवार विहान एक्कासी भत्कीएको घरको ढुङगाले लागेर घरमुली ३७ बर्षीय आशाङ शेर्पा,उनका पत्नी ४३ वर्षीया सिता शेर्पा, ५ वर्षीय छोरा निमाटा“सी शेर्पा र ४ वर्षीय निमा शेर्पा घाइते भएका छन । उपचारकालागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएका उनीहरुमध्ये वावु आशाङलाई सुविधा सम्पत्र अस्पताल लैजान रेफर गरिएको छ ।
आशाङको टाउकाको दाहिने कानमाथी, छाती र करङमा चोट लागेको छ । कानमाथीको चोट गहिरो रहेको र खोक्ता रगत आएकाले रेफर गरिएको अस्पतालका डाक्टरले बताएका छन । सिताको चोट देखिएको छैनभने शनिमाटा“सीको टाउकाको पछाडी र निङमाको आ“खीभौं छेउमा चोट लागेको छ ।  

उनीहरुलाइ दोभानसम्म गाउँलेले बोकेर ल्याएका थिएभने त्यहादेखि एम्वुलेन्समा अस्पताल ल्याइएको थियो । घर भत्कीएको कारण नखुलेको प्रहरीले वताएको छ । ‘के कारण भत्तियो पक्तो भएको छैन,’ प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले भने,‘भुकम्पले चर्काएको थीयो लगातारको पानी थपिदा भत्कीएको हुनसक्ने आशंका छ ।’ शेर्पाको ढुङगामाटोले बनेको एकतले घर थियो । उनलाइ उपचारमा लैजान मैवाखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम