श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई तीन वर्ष कैद
ताप्लेजुङ, श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई जिल्ला अदालत ताप्लेजुङले तीन बर्ष कैदको सजाँय सुनाएको छ । आफूभन्दा ८ वर्ष जेठी श्रीमतीलाई जबरजस्ती गर्ने ३५ वर्षिय श्रीमानलाई जिल्ला न्यायाधिष कुपासुर कार्कीको इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने फैसलामा उल्लेख रहेको जिल्ला अदालतका श्रेष्तेदार गोपाल थापाले जानकारी दिए । पिडक फक्ताङलुङ गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिकामा बस्दै आएका छन् । अदालतले दुबैको नाम गोप्य राखेको छ । २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालतमा पुगेको थियो । जाहेरी परेको ४ बर्षपछि अदालतले पीडक बिरुद्ध कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो । जाहेरीमा पीडितले श्रीमानले कान्छी श्रीमती लिएर भागेको र केहि सयमपछि फर्केर आफुमाथि जवर्जस्ती करणी गरेको उल्लेख गरेकी थिईन् । पिडक भने हालसम्म फरार छन् ।
सांकेतिक तस्विर गुगोलबाट
एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा
ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
प्रतिकृया दिनुहोस