ताजा खबर

दुई पटकको प्रयासमापनि सुकेटारमा वसेन जहाज

RadioTaplajung

 

 

रेडियो ताप्लेजुङ/ताप्लेजुङ जेठ ३० – नेपाल वायु सेवा निगमले बुधवार दुई पटक प्रयास गर्दापनि सुकेटार विमानस्थलमा जहाज अवतरण हुन सकेन । काठमाण्डौंवाट आएको जहाज मौषमका कारण बस्न नसकेपछि विराटनगर लगेर राखिएको थियो । मौषम खुलेको सन्देसपछि पुनः प्रयास गरेको जहाज दोश्रो पटकपनि बस्नेअवस्था नभएपछि काठमाण्डौंनै फर्किएको नीगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले वताए ।

अधिकांस समय ‘केन्सिल’ गर्ने आरोप लागेको निगमले पछिल्लादिन उडाएका यात्रु अवतरण गराउने प्रयास गरेको छ । चैतपछि एकदिनपनि केन्सिल नभएको सुकेटारमा वुधवार मात्रै  बस्ननसकी फर्किएको हो । ‘टु वे’ अवतरण नभएको सुकेटारमा पश्चिम दक्षीण दिशावाट मात्रै अवतरण गराइन्छ । यो क्षेत्रमाभने मौषम खुल्दै बन्दहु“दै गर्ने गरेको छ । दोहोरो अवतरण गराउन धावन मार्ग विस्तार गर्नुपर्ने र पूर्वतर्फको ढिस्को सम्याउनुपर्ने प्रस्ताव प्राविधिकहरुले गर्दैआएका छन । फोटो:गुगल बाट ।

 

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम