ताजा खबर

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

RadioTaplajung

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही
जेठ २५ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै आएको पुलको निर्माण भदौ २० मा सम्पन्न नगरे कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

निर्माणमा ढिलासुस्ती भएकोप्रति गम्भीर चासो राख्दै जिसीले निर्माणस्थलमै पुगेर समयमै सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई लिखित कागज गराएका छन् ।

भदौ २० गतेभित्रै निर्माण सम्पन्न गर्ने र यदि नगरे कानुनी कारबाहीको भागेदार हुने भन्दै निर्माण कम्पनी कन्काई इन्टरनेसनल बिल्डर्स झापाका प्रतिनिधि प्रभुराम बिमलीले लिखतमा हस्ताक्षर गरेका छन् ।

वि।सं। २०७२ साल असोजभित्रै पुलको निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले हालसम्म निर्माण सम्पन्न भएको छैन । स्रोतःइमेज च्यानल

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम