ट्रम्पको निर्णयले उत्तर कोरिया निराश
ट्रम्पको निर्णयले उत्तर कोरिया निराश
जेठ ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ । ट्रम्पको यो निर्णय विश्वको इच्छा अनुसार नभएको भन्दै उत्तर कोरियाले निराशा जनाएको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।
उत्तर कोरियाले आफ्नो नेता किमले राष्ट्रपति ट्रम्पसँग वार्ताको लागि निकै प्रयास गरेको पनि बताएको छ । उत्तर कोरियाले अमेरिकासँगको मुद्धा कुनै पनि हालतमा समाधान गर्न खोजेको पनि खबरमा उल्लेख छ । यसअघि ट्रम्पको फैसलाबारे ह्वाइटहाउसका अधिकारीले उत्तर कोरियाले केहि प्रतिबद्धता तोडेको आरोप लगाएको छ ।
विहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेको घोषणा गरेका थिए । उनले उत्तर कोरियाले देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका थिए । ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरिएको छ । स्रोतः उज्यालो अनलाइन
अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा
फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् । मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै
गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा
फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय
माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल
प्रतिकृया दिनुहोस