ताजा खबर

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

RadioTaplajung


माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल सजाय सुनाएको छ । अदालतले खानले  सन् २०१८ मा गरेको बुशरा बीबीसँगको विवाह गैरकानुनी ठहर गरेको हो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर(इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय
खान भ्रष्टाचारको आरोपमा जेलमा छन् । ७१ वर्षीय खानले आफूविरुद्ध भएका धेरै मुद्दाहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।पाकिस्तानका पूर्व क्रिकेट कप्तानबाट राजनीतिज्ञ बनेकालाई सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटेका थिए ।

सत्ताको निसानामा इमरान
बीबीका पूर्व पतिले उजुरी दिएका थिए, उसले खानसँगको विवाह धोखाधडी भएको बताएका थिए । मुस्लिम पारिवारिक कानून अनुसार, श्रीमानको मृत्यु भएको वा सम्बन्धविच्छेद भएको केही महिनासम्म महिलाहरूलाई पुनर्विवाह गर्न निषेध गरिएको छ। बीबीले सम्बन्धविच्छेदपछि तोकिएको समय नपुग्दै दोस्रो विवाह गरेको अदालतले ठहर गरेको छ ।

खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा अघि यो जोडीले विवाह गरेको थियो । ४० वर्षको उमेरकी बीबी खानकी तेस्री पत्नी हुन् ।

खानका लागि शनिबार तोकिएको जेल सजाय एक साताभन्दा कम अवधिमै तेस्रो हो । गोप्य कागजात चुहावट गरेको अभियोगमा गत मंगलबार उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । गत बुधबार उनी र उनकी श्रीमतीले साउदी युवराजबाट गहनासहित कार्यालयमा प्राप्त राज्य उपहारहरू बेचेको वा राखेको ठहर गर्दै १४ वर्षको जेल सजाय सुनाइएको थियो । अदालतले बुशरा बीबीलाई घरमै नजरबन्दमा राख्न अनुमति दिएको छ । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

अमेरिकाको माउई जंगलमा लागेको डढेलोमा मृतकको संख्या बढेसँगै सरकारको आलोचना

  एजेन्सी अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म १०६ पुगेको छ। रोल।।। हवाई राज्यको जंगलमा लागेको डढेलोबाट