प्रदेश एकका जिल्ला विषयगत ‘कृषि उपज जोन’ कारुपमा विकास गरीने
विराटनगर,बैशाख ३१,प्रदेश १ का मुख्य मन्त्रि सेरधन राईले एक नंबर प्रदेशका जिल्लाहरुलाई विषयगत कृषि उपजहरुको जोनको रुपमा बिकास गर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ र उद्योग वणिज्य संघ ताप्लेजुङको आयोजनामा सोमबार विराटनगरमा सम्पन्न कृषि मुल्य श्रृङ्खला विकास: अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला लाई संबोधन गर्दै मुख्य मन्त्रि राईले यस्तो बताएका हुन् । उनले १ नंबर प्रदेशको पहाडी क्षेत्रका सात जिल्लाहरुको मुख्य आयस्रोत अलैचीं, अदुवा, दुध र चिया भएकाले तिनै कृषि उपजको जोनको रुपमा विकास गर्ने र तराईका जिल्लालाई धानको जोनको रुपमा विकास गर्ने प्रदेश सरकारको तयारी रहेको बताए । ‘अहिले प्रदेश सरकार निति तथा कार्यक्रम र बजेटको ड्राफ बनाउने काममा रहेको छ, त्यसमा कृषिलाई मुख्य प्राथमिकता दिनेछौ, मुख्य मन्त्रि राईले भने – पहिलो प्राथमिकतामा अलैचीं, अदुवा, दुध र चियाको विकासलाई राख्नेछौ ।’ देशै सबैभन्दा बढि अलैचि उत्पादन हुने ताप्लेजुङ जिल्ला प्रदेश एकमानै रहेको र देशभरको अलैचीं समेत प्रदेश एक बाटनै बिश्व बजारमा निर्यात हुने बताउँदै उनले अलैचीं विकास बोर्ड गठन लगायत अलैचीं गोदामका लागि वेरहाउस निर्माणका लागि प्रदेश सरकारले मुख्य भुमिका खेल्ने बताए । मुख्य मन्त्रि राईले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारको निती, योजना तथा कार्यक्रममा समेट्न कुनै कञ्जुस्याई नगर्ने बताए । उनले कृषिको विकासका लागि मजदुरहरुको पनि मुख्य भुमिका हुने भएकाले मजदुरहरुको ज्याला निर्धारणमा पनि प्रदेश सरकारको ध्यान गएको बताए । कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधिसभाका संसद तथा नेकपा एमालेका सचिव योगश भट्टराईले केन्द्र सरकारले १ नंबर प्रदेशका जिल्लाको कृषि क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका लागि आफुले दबाब दिईरहेको र प्रतिनिधिसभा सभामा समेत अलैचीं लगायत कृषि उपजको उत्पादन, मुल्य श्रृङ्खला र निर्यातको विषयले प्रवेश पाएको बताए । ‘अब नेपाल आर्थिक क्रान्ति तर्फ लागेकाले कृषिको विकासका लागि सबै आ–आफ्नो स्थानबाट लाग्नुपर्ने आएको छ’ भट्टराईले भने । कार्यक्रममा सहभागी प्रदेश १ का संसदहरुले आफ्नो तर्फबाट प्रदेश एकलाई कृषिको राजधानीका रुपमा विकास गर्न लागिपरेको बताए । आयोजक उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले हाल अलैचीं भारतमा मात्र निर्यात हुँदै आएकाले भारतले केहि अबरोध गरे ठुलो समस्या हुने भएकाले बंगलादेश लगायतका अन्य देशमा पनि निकासीका लागि सरकारले भुमिका खेल्नुपर्ने बताए ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा
माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन
अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु
रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ । कम्पनीले पाँचथर
शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,
प्रतिकृया दिनुहोस