सलमान खानलाई पाँच वर्षको जेल सजाय
सलमान खानलाई पाँच वर्षको जेल सजाय
२३ चैत, । चर्चित बलिउङ अभिनेता सलमान खान दुर्लभ कालो हरिणको शिकारमा दोषी ठहर भएका छन् ।
बिहीबार भारतको जोधपुरस्थित एक अदालतले उक्त घटनामा उनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।
जोधपुरमा सन् १९९८ सेप्टेम्बर २६ मा अवैधरुपमा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतमा चलेको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन् ।
अदालतले उनलाई १० हजार भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ ।
दोषी ठहर भएलगत्तै सलमानलाई पक्राउ गरी बिहीबारै जोधपुरको सेन्ट्रल जेल चलान गरिएको छ । यद्यपि, उनका वकिलले भने उनीमाथि झुटो आरोप लगाइएको भन्दै आपति जनाएका छन् ।
२० वर्षअघि हिन्दी चलचित्र ‘हम साथ साथ है’को छायाँकनकाक्रममा उनले कालो हरिणको शिकार गरेका थिए ।
सोही चलचित्रको छायाँकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा दायर भएकामा उनीहरुलाई भने अदालतले निर्दोष ठहर गरेको छ ।
५२ वर्षीय अभिनेता सलमानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध अपिल भने गर्नसक्नेछन् ।
यसअघि, सलमानविरुद्ध शिकारको मामिलामा दुईओटा मुद्दा परेकामा अदालतले उनलाई निर्दोष सावित गरेको थियो । एजेन्सी
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस