ताजा खबर

मागेर देश चल्दैन : सिटौला

RadioTaplajung

आनन्द गौतम/ताप्लेजुङ बैशाख २४– काग्रेस नेता कृष्ण प्रसाद सिटौलाले मागेर देश नचल्ने बताएका छन । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बर्तमान सरकारको आलोचना गर्दै भने, ‘सरकार उतर दक्षीण तर्फ रेल ल्याइदेउ भनेर भिखारीको जस्तो हात पसार्दैछ, मागेर चल्छ देश ?’

अबको वजेट आएपछिमात्रै सरकारको वास्तविक कामको मुल्यांकन गर्ने बताउदै सिटौलाले, सुभारम्भ राम्रो नभएको बताए । उनले वामगबन्धनले सत्तामा बसेर सक्तामा रमाएपनि समाजलाइ रम्ने र रमाउने वातावरण बनाउन नसक्ने दावी गरे । सरकारले प्रशासन, प्रहरी, ब्यापारी, उद्यमी, प्रशलाइ तर्साएर धम्क्याएर देश चलाउन खोजेको आरोप लगाए ।

दुइतिहाइ बढी वहुमत भएका प्रधानमन्त्री ओलीलाइ उदाहरण दिदैं सिटौलाले आफ्नो पार्टी सभापती शेरवहादुर देउवालाइ कटाक्ष गर्दै थपे ‘वहुमत छ भन्दैमा कसैले तानाशाह चलाउन खोज्छभने त्यो सपना नदेखे हुन्छ ।’ मधेसवादी दलको समेत गरेर दुइतिहाइ बढी समर्थनमा प्रधानमन्त्री भएपनि ओलीले तानाशाह लाद्न खोजे काग्रेसले राणा, पञ्चायत हटाएजस्तै फालिदिने चेतावनी दिए ।

पार्टीभित्र गुटबन्दी गरेको र त्यस्को अन्त्य हुनुपर्ने कार्यकर्ताको मागको जवाफ दिदैं सिटौलाले सोदे, ‘वावुले खेतवारी बाँझै राखे छोराछोरीले टुलुटुलु हेरेर बस्न सक्छ ? छोराछोरीले किन बा“झो राखेको भनेर सोद्धनु पर्छकी पर्दैन ?’ वावुले आफ्ना परिवारलाइ चिक्त वुझाउनु पर्ने भन्दै सिटौलाले डेमोक्रेसी बहुमतको शासन भएको तर बहुमतको तानाशाह नभएको वताए । पार्टीभित्रको बैचारिक बहसले पार्टी कमजोर नहुने अझ झांगीने तकैगर्दै सिटौलाले पदमा बस्नेले कार्यकर्ताको कुरा सुत्रे धैर्यता गर्नुपर्ने वताए । घरमा पाहुना बोलाएर राम्रो खान दिएपनि बचन राम्रो नदिए पाहुना सन्तुष्ट नहुने भन्दै सिटौलाले थपे, ‘आफ्नो मात्रै कुरा सुनाउन खोजे त्यो कसैकालागी मान्य हुदैन ।’ लाखौं कार्यकर्तालाइ जोड्न नकसेको भन्दै उनले नेतृत्वको आलोचना गरे ।

केन्द्रिकृत मानसिकताको अन्त्य गर्नुपर्ने वताउदै सिटौलाले पार्टी नेतृत्वले तेरो भारीपनि म बोकिदिन्छु भनेर तल्लोतहको समेत जिम्मा लिंदा पार्टी कमजोर भएको बताए । काग्रेसले प्रदेश कार्यसमिति नवनाएको प्रती कार्यकर्ताले असन्तुष्टि जनाएका थिए । काग्रेस अव ताली वजाउने नभएर बिचार मन्थन गर्ने पार्टी हुनुपर्नेमा उनले जोड दिए । पार्टी नेतृत्वले आफु सुतेर कार्यकर्ता उठाउन नसक्ने सिटौलाको दावी छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम