ताजा खबर

मेयरदेखि सिडिओसम्म झाडु बोकेर बजारमा निस्किए

RadioTaplajung

 

रेडियो ताप्लेजुङ । फुङलिङ नगरपालिकाको वजार सरसफाइमा नगरपालिकाका मेयर उपमेयर, प्रमुख जिल्ला अधिकारि लगायतको टोलि झाडु लिएर सडकमा निस्किएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयेजनामा तोक्मे बसपार्कदेखि बैंकलाइन सम्म सरसफाइ गरिएको प्रहरी प्रमुख संञ्जयसिंह थापाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयद्धारा आयोजित कार्यक्रममा फुङलिङका मेयर छत्रपति प्याकुरेल उपमेयर बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, यातयात व्यावसायी, उद्योग वाणिज्य संघ, होटल व्यावसायी र स्थानीय सहभागि थिए । सरसफाइमा प्रहरी, यातायात ब्यवसायी नगरवासिको सहभागीता रहेको थियो ।

यसअघि सोसियल यूथ गाइज्ले पनि माघ २९ गते बसपार्क सरसफाई गरेको थियो । गाइज्ले प्रत्येक महिना सरसफाई गर्ने गरेको छ । नेपाल प्रहरीले पनि नियमित रुपमा विरेन्द्रचोकमा रहेको पोखरी र मुहना सरसफाई गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम