मिस वर्ल्ड मानुषी छिल्लरलाई बलिउड डेब्यू गराउँदै फराह खान
माघ ८ गते । २०१७ की मिस वर्ल्ड भारतकी मानुषी छिल्लर बलिउड फिल्ममा डेब्यूको तयारीमा रहेकी छिन् । खबरहरुका अनुसार मानुषी छिल्लरलाई निर्देशक फराह खानले बलिउडमा भित्र्याउने तयारी गरिरहेकी छिन् ।
यसअघि मिस यूनिभर्सको ताज जितिसकेकी अभिनेतृ सुष्मिता सेन, मिस वर्ल्डको ताज जितेका अभिनेतृहरु ऐश्वर्या राय, प्रियंका चोपडा जस्ता सुन्दरीहरु जस्तै मानुषी छिल्लर पनि बलिउडमा आफ्नो सौन्दर्य तथा अभिनयका कारण दर्शक माझ छाउने तयारी गरिरहेकी छिन ।
खबरहरुका अनुसार फराह खान र मानुषी छिल्लरले यसका लागि भेटघाट गरिसकेका छन् । फराह खानले नै यसअघि अभिनेतृ दीपिका पादुकोणलाई फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउड डेब्यू गराएकी थिइन् ।
सन् २०१४ मा फराह खानले फिल्म ‘ह्याप्पी न्यू इयर’ निर्देशन गरेकी थिइन् । त्यसपछि उनले हालसम्म कुनै पनि फिल्म निर्देशन गरेकी छैनन् । तर उनी फिल्महरुमा कोरियोग्राफरको रुपमा भने काम गर्दै आइरहेकी छिन् ।
फराह खान मानुषी छिल्लरलाई उनले निर्देशन गर्ने बायोपिकमा मुख्य अभिनेत्रीको रुपमा डेब्यू गराउन चाहन्छिन । तर उनको यस बायोपिकका बारेमा भने अहिले कुनै आधिकारिक तथ्य सार्वजनिक गरिएको छैन । उज्यालो अनलाइन/ एजेन्सी
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस