ताजा खबर

ताप्लेजुङमा ज्यान मार्ने अभियोगमा अदालतमा धरौटी बुझाउन नसक्दा कारागार चलान

RadioTaplajung

रेडियो ताप्लेजुङ,माघ ८ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धाका २ जनालाई सोमवार कारागार चलान गरेको छ । जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसक्दा २७ वर्षीय सुनिल भन्ने अविरल मास्वा लिम्बु र २२ वर्षीय सुनिल याक्युपा लिम्बुलाई कारागार चलान गरिएको हो । मैवाखोला गाउँपालिका–१ ढुङेसाँघु निवासी लिम्बुद्धयलाई अदालतले जनही १ लाख १० हजार धरौटी माग गरेको थियो । दुवैले धरौटी बुझाउन नसकेकाले कारागार चलान गरिएको डिएसपी संञ्जयसिंह थापाले जानकारी दिए । उनीहरुले २०७४ भदौ ३१ गते दिउँसो ढुङेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बुलाई धारिलो हतियार खुकुरी,भरुवा बन्दुकको बटको भाग तथा फलामे रडले टाउको लगायत शरिरको विभिन्न भागमा प्रहार गरि सख्त घाइते बनाएको प्रहरीको बुलेटिनमा उल्लेख गरिएको छ । दुवै जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा मुद्धा दर्ता गरिएको थियो । - तस्बिर
जिल्ला अदालत

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम