ताजा खबर

ताप्लेजुङमा सिकार खेल्न जाँदा साथिले बोकेको भरुवा बन्दुक पड्किदा एकको मृत्यु

RadioTaplajung


४ माघ,रेडियो ताप्लेजुङ–ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखाबुमा सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । डिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक एक्कासी पड्कँदा लागेको गोलीले सोहि वडाका ३७ वर्षिय देवीकुमार लिम्बुको गत मात्र १ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक बोक्ने सुरेन्द्र तामाङ पक्राउ परेका छन् । बन्दुक सहित पक्राउ परेका तामाङलाई शुक्रवार जिल्ला अदालत ताप्लेजुङवाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले बताए ।

प्रहरी प्रमुख थापाका अनुसार दुवैजना माघे सक्रान्तिका दिन मानाभरा हिमालको फेदीमा सिकार खेल्न गएका थिए । ‘लोड गरेको बन्दुक पड्किदा छर्राले लागेर घटनास्थलमै देवीपकुमारको मृत्यु भएको हो,’ थापाले भने,‘सिप्चुवा चोक्टी भिरमा तामाङले बोकेको लोड बन्दुक झोरमा अल्झिएर हातवाट खुस्कीई ढुंगामा ठोक्किई पड्किएको प्रारंभीक अनुसन्धानमा खुलेको छ ।’ लिम्बुको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम