ताजा खबर

ताप्लेजुङ, पाँचथर र तेह्थुमका नगरपालिका मध्यम, गाउपालिका अति दुर्गम

RadioTaplajung

पुष २७, २०७५ रेडियो ताप्लेजुङ–सरकारले स्थानिय तहलाइ गर्ने प्रशासनिक बर्गीकरणमा ताप्लेजुङका सातवटा स्थानिय तह अती दुर्गममा पर्ने भएका छन । फुङलिङ नगरपालिका र पाथीभरा याङवरक वाहेकका सबै गाउँपालिकालाइ अती दुर्गममा राख्न लागिएको हो । नगरपालिकालाइ मध्यम र पाथीभरा याङवरक गाउपालिकालाइ दुर्गममा राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्मा अझै परामर्स गर्ने जनाएको छ । बर्गीकरणमा क लाइ अति दुर्गम, ख लाइ दुर्गम, ग लाइ मध्यम र घ लाइ सुगम मानिने छ । ड्राफमा नगरपालिकालाइ ग, पाथीभरा याङवरकलाइ ख र बा“कि फक्तालुङ, आठराइ त्रिवेणी, मिक्वाखोला, मेरिङदेन, मैवाखोला, सिदिङवा र सिरिजंगा गाउँपालिकालाइ क मा राखिएको छ ।

पाँचथरको फिदिम नगरपालिकापनि मध्यममा छ । याङवरक र कुम्मायक गाउपालिकालाइ दुर्गममा राखिएको छभने हिलिहाङ, मिक्लाजुङ, फाल्गुनन्द, फालेलुङ र तुम्वेवा गाउँपालिका अती दुर्गममा राखिएको छ ।  

ताप्लेजुङ र पाँचथरका जस्तै तेह्थुमका म्याङलुङ र लालिगुरास नगरपालिका पनि मध्यममा छन । यीनलाइ ग मा राखिएको छ । आठराइ र छथर गाउँपालिका दुर्गम (ग) मा पर्ने भएका छनभने फेदाप र मेन्छायेम गाउपालिका अतीदुर्गम (क) छन ।

यो संरचना अनुसार क मा पर्ने अती दुर्गम हुन । सुगमलाइ घ बर्गमा राखिएको छ । पहाडी यी तिनै जिल्लाका कुनैपनि ठाउँ सुगममा पर्ने छैनन । ख लाइ दुर्गम र ग लाइ मध्यममा राखिएको छ ।

यातायातको सुविधा, प्रदेश राजधानी र जिल्ला सदरमुकाम देखिको दुरी, शिक्षा, स्वास्थ्य, विद्युत, दुरसञ्चार लगायतका संचनाको आधारमा बर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम