करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स
करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स
वैशाख १० गते । बलिउडकी अभिनेत्री करिना कपूर खान करण जोहरको फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने पक्का भएको छ । छिट्टै नै रिया कपूरको चलचित्र ‘वीरे दी वेडिङ’मार्फत कम ब्याक गरिरहेकी करिना यस फिल्मको काम सके लगत्तै करण जोहरको फिल्ममा देखिनेछिन् ।
अहिलेसम्म यस फिल्मको निर्देशक तथा अन्य कुराको टुंगो नलागे पनि यस फिल्ममा करिना कपूर खान र सिद्धार्थ मल्होत्रालाई भने जोडीको रुपमा अनुबन्धन गरिसकिएको छ । करण जोहरले यस फिल्ममा अर्को एक जोडीको पनि खोजी गरिरहेका छन् । करिना र सिद्धार्थका साथै अर्को जोडी पनि यस फिल्ममा रहनेछन् ।
अभिनेता सिद्धार्थ मल्होत्राले सन् २०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यू गरेका थिए । सिद्धार्थका पछिल्ला फिल्महरु ‘अ जेन्टलम्यान, बारबार देखो, इत्तेफाक र अय्यारी एक पछि अर्को गर्दै फ्लप भएका थिए । ज्याकलिन फर्नान्डेजका साथमा अ जेन्टलम्यान, कट्रिना केफकासाथ बारबार देखो, सोनाक्षी सिन्हाका साथ इत्तेफाक र साउथ फिल्मकी अभिनेत्री राकुल प्रितका साथमा अय्यारीमा जोडीको रुपमा काम गरेका सिद्धार्थले नमज्जासँग असफलताको स्वाद चाख्नु परेको थियो ।
उनका फिल्महरु फ्लप भएसँगै सिद्धार्थको बलिउड करियर पनि ओरालो लागिरहेको बेला करणले करिनाकासाथ अनुबन्धन गरेर फेरि पनि मौका दिएका छन् । अब यस फिल्ममार्फत करिनाले सिद्धार्थको करियरलाई माथि उकास्न सहयोग गर्नेरनगर्ने बारेको जानकारी फिल्म प्रदर्शन भए पछाडि नै थाहा हुनेछ ।
स्रोतःउज्यालो अनलाइन
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस