ताजा खबर

ताप्लेजुङका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडा एकमहिना भित्रै समायोजन हुने

RadioTaplajung

ताप्लेजुङका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडादर एक महिना भित्रै समायोजन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आज बसेको सर्वपक्षिय बैठकले एक महिना भित्रै भाडा समायोजन गरि कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा चल्ने सवारीसाधनको भाडादर अनियमित भएको गुनासो आउन थाले पछि भाडादरमा एकरुपता ल्याउने प्रयास स्वरुप आज सर्वपक्षिय बैठक बसेको हो ।

बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक उपसमिति गठन गरि भोलीदेखि नै विभिन्न ठाउँमा चल्ने सवारीसाधनको उचित भाडादर निर्धारणका लागि काम गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । उक्त समितिमा यातायात व्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकाय, गाउँपालिकाका प्रशासकिय अधिकृत लगायत सम्मिलित छन् ।

यस्तै अब ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले समेत रुट परमिट लिनुपर्ने भएको छ । रुट परमिटका लागि भोलीदेखि नै प्रकृया सुरु गर्न प्रमुख जिल्ला अधिकारीले यातायात व्यवसायीलाई सुझाउनुभएको छ । यदि परमिट नलिई चलाएको पाईए बन्द गर्ने उहाँले चेतावनी समेत दिनुभयो । परमिट लिनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन गर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो । 
यस्तै सरकारी सवारी साधनको समेत दुरुपयोग बढ्दै गएको भन्दै उहाँले आवस्यक कामकाजमा पास लिएर मात्र चलाउन आग्रह गर्नुभयो । विदा र अफिस समय भन्दा बाहेकको समयमा कार्यालय विशेष काम परे कर्मचारीले अनिवार्य पास लिनु पर्ने र जनप्रतिनिधिले समेत पास लिएर चलाउनुपर्ने भन्दै यसको कार्यान्वयमा कडाई गरिने प्रजिअको भनाई छ ।

यदि पास नलिई चलाएको खण्डमा कारबाही गरिने उहाँले बताउनुभयो । यस्तै आजैको बैठकका बीच जुनसुकै सवारी साधनलाई कडाईका साथ चेकजाँच गर्नका लागि ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले निर्देशन दिनुभएको छ ।

यसैबीच अब नागरिकता लिनका लागि दलका नेता कार्यकर्ताको सर्जिविनले नहुँने प्रजिअ भण्डारीले बताउनुभएको छ । बाबु, आमा वा दाजुभाई नभएको खण्डमा नागरिकता दिलाउन यस अघि दलका नेता कार्यकर्ता सर्जिविनमा बस्दा हुने भए पनि अब सम्वन्धित पालिकाका प्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख रहनुपर्ने प्रावधान रहेको भण्डारीको भनाई छ ।

यस्तै आगामी पुस ७ गते मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा घुम्ति शिविर सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ । #source:radiotamor

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम