ताजा खबर

फुङलिङ नगरपालिकाले थाल्यो विद्यालयहरुको छड्के अनुगमन 

RadioTaplajung

 

रेडियो ताप्लेजुङ, मंसिर १३ गते । फुङलिङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका विद्यालयहरुको अनुगमनलाई तिव्र पार्ने भएको छ । विद्यालयहरुमा शिक्षकहरु नियमित उपस्थित नहुँने र पढाईको समेत गुणस्तर खस्केको गुनासो बढेपछि नगरले विद्यालयमा नजर लगाएको हो । यसैक्रममा मेयर छत्रपति प्याकुरेलसहितको टोलीले विहिबार वडा नं ३ मा रहेको वाल सुवोधिनि सस्कृत माध्यमिक बिद्यालयको छड्के अनुगमन गरेको छ । मेयर प्याकुरेल, उपमेयर बमबहादुर भटराई, सामाजिक विकास संयोजक पदम पालुङ्वा, वडाध्यक्ष युवराज बराल, शिक्षा विकास तथा समन्वय इकाई संयोजक हेम पालुङ्वा, स्रोत व्यक्ति दुर्गा पौडेलको टोलीले छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा विद्यालय प्रशासनलाई लिखित जानकारी नगराई केहि शिक्षकहरु लामो समयसम्म अनुपस्थित रहेको पाइएको छ ।  चालु शैक्षिक सत्रमा कुल १ सय १७ दिन विद्यालय खुलेकोमा झापा घर भएका शिक्षक खगेन्द्र नेपाली ५१ दिन, फूलबारी घर भएका मोहन सेन्दाङ ६७ र विद्यालय नजिकै घर भएका रामहरी निरौला ७७ दिनमात्रै विद्यालयमा हाजिर भएको पाइएको सामाजिक विकास संयोजक पालुङ्वाले बताए । छ । विहिबार उक्त विद्यालयममा रहेका जम्मा २० जना शिक्षक मध्ये ३ जना बाहेक बाँकी सबै उपस्थित थिए । त्यस्तै विहिबारै कुल २ सय ३९ विद्यार्थीमध्ये आज १ सय ४७ जना उपस्थित भएको पाइएको स्रोत व्यक्ति दुर्गा पौडेलले बताए । त्यस्तै अनुगमनका क्रममा शिक्षकहरुको हाजिर अभिलेख अद्यावधिक नभएको, फेनबाटै विदा मागेर विदा बस्ने गरेको समेत पाइएको छ । नगर प्रमुख प्याकुरेलले विद्यालयको बारेमा व्यापक जनगुनासो बढेपछि आफूहरु अनुगमनमा आएको भन्दै प्रअ र शिक्षकहरुबिच सुधारको लागि छलफल गराएका छन् । विद्यालयमा अनियमित हुने शिक्षकहरुलाई कैयौंपटक नियमित हुन आग्रह गर्दासमेत अटेरि गरेको प्रधानाध्यापक रामचन्द्र दाहालले गुनसो गरे । ‘मैलै सक्नेसम्म गरिसकेँ,’ दाहालले भने,‘तपाईंहरुले अनुगमन पनि गर्नुभयो, नआउनेलाई के गर्दा उपयुक्त हुन्छ,’ हजुहरुले नै गरिदिनुस् ।’ दाहालले विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा बढी समस्या आएको समेत बताए । छलफलको क्रममा उपस्थित शिक्षकहरुले एक दुई जनाको कारणले सिङ्गो विद्यालयकै गलत सन्देश प्रवाह भएको बताएका थिए । ‘खट्ने खटिरहेको र नखट्नेले गर्दा समस्या भयो,’ एक हिक्षकले भने,‘केहि शिक्षकको कारणले गर्दा मेदिबुङको शिक्षक भनेर बाहिर हिड्न समेत लाजमर्दो छ ।’ विद्यालयका प्राथमिक तहका शिक्षकहरुले भने माथिल्लो तहकाले तिमीहरु तल्लो तहका भनेर हेलाँ गर्ने गरेको समेत बताएका छन् । 
यसैबिच नगरपालिकाले अब सबै विद्यालयका शिक्षकहरुको तलव निकासा माग गर्दा प्रमाण्ति हाजिरीको प्रतिलिपि समेत समावेश गर्नुपर्ने व्यवस्था गरिने जनाएको छ । ‘हामी जसरी भएपनि विद्यालय सुर्धान लागिपरेका छौं,’ मेयर प्याकुरेलले भने,‘सरहरु नियमित भएर पढाउनुपर्छ, अटेर गर्नेलाई कारवाही गर्छौं, अब मायाले थाम्दैन ।’ नगरपालिकाले नियमित रुपममा अन्य विद्यालयको समेत अनुगमन गर्ने उपमेयर भटराईले बताए । 
 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम