ताजा खबर

सोमराज गुरुङको मृत्यु प्रकरणमा श्रीमती र एक पुरुषको संलग्नता

SITENAME

रेडियो ताप्लेजुङ

मंसिर १ गते । कार्तिक २४ गते रातिको समयमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित क्याम्पस लाइनमा मृत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ।

क्याम्पस लाइनस्थित मकैबारीमा सिदिङ्वा गाउँपालिका ७ घर भई हाल अस्थायी रूपमा सो क्षेत्रमा डेरा गरी बस्दै आएका ५५ वर्षीय सोमराज गुरुङको शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिन आएका सिरिजङ्घा गाउँपालिका३ निवासी २६ वर्षीय निर, सार्की ,भोटे भनेर चिनिने प्रीतिहाङ लिम्बू र सिदिङ्वा गाउँपालिका ७ घर भई हाल फुङ्लिङ नगरपालिका ४ मा बस्दै आएकी मृतककी ३८ वर्षीया श्रीमती बिना साउदेन गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभएको छ।

उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

चासोक तङनाम : ताप्लेजुङमा वृद्धवृद्धालाई सम्मानसहित विविध कार्यक्रम

रेडियो ताप्लेजुङ मंसिर १ गते । किराँत लिम्बू समुदायले नयाँ बाली पाकेपछि भित्र्याउने समयमा मनाउने चासोक तङनाम (न्वागी पर्व) का अवसरमा याक्थुङ

SITENAME

ताप्लेजुङ र डिङजे काउन्टीका सुरक्षा अधिकारी बीच तय भएको सीमा सुरक्षा बैठक स्थगित

आनन्द गौतम ताप्लेजुङ ,कार्तिक २९ गते ।नेपालको ताप्लेजुङ र चीनको डिङजे काउण्टीका सीमा सुरक्षा अधिकारीबीच मंसिर ३ गतेका लागि तय भएको द्विदेशीय सीमा

SITENAME

कार्तिक महिनाको अन्तिम शनिबार पाथीभरामा यस वर्षकै अधिक भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकै दिन ११ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्।माथिल्लो