पाथीभरामा कार्तिकमा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर १ गते ।कार्तिक महिनामा ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ।
उल्लेख्य सङ्ख्यामा दर्शनार्थी आएका उक्त महिनामा कुल ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी सङ्कलन भएको हो।
श्रद्धालु भक्तजनले चढाएको भेटी तथा दर्शनार्थीको सङ्ख्या प्रत्येक महिनाको मसान्तमा सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिले दर्शनार्थीको सङ्ख्या सोमबार नै सार्वजनिक गरेको थियो भने सङ्कलित भेटी रकम आज सार्वजनिक गरेको हो।
सङ्कलित भेटी रकम समितिले विभिन्न मितिमा नेपाल बैंक लिमिटेडमा रहेको आफ्नो खातामा जम्मा गरेको जनाएको छ।
पछिल्लो तीन वर्षयताकै एकै दिनमा सबैभन्दा बढी दर्शनार्थी पनि कार्तिक महिनामै आएका थिए। गत कार्तिक २८ गते शनिबार एकै दिन ११ हजार २७२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका थिए।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

घरेलुले ताप्लेजुङका पाँच उद्यमीलाई सम्मान गर्ने
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जिल्लाका पाँच जना उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको
..jpeg)
पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन
रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका

दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग
रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

..jpeg)
..jpeg)
..jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस