१३ वर्षअघि अदालतले फैसला सुनाई फरार रहेका प्रतिवादी ताप्लेजुङ प्रहरीको नियन्त्रणमा

रेडियो ताप्लेजुङ
मङ्सिर १ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिइ अदालतमा उपलब्ध गराएको छ।
सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार झन्डै १३ वर्षअघि २०७० साल फागुन २५ गते उक्त मुद्दामा जिल्ला अदालत ताप्लेजुङद्वारा कैद र जरिवाना सुनाइएका झापा जिल्ला कन्काई नगरपालिका ९ का जीवन चौलागाईंलाई पक्राउ गरिएको हो।
चौलागाईंलाई गत कार्तिक २६ गते इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ गरिएको बताइएको छ। प्रहरीले खोजतलास गर्ने क्रममा उनको गृह क्षेत्रबाटै पक्राउ गर्न सफल भएको बताइएको छ।
उनलाई फैसला कार्यान्वयनको लागि मङ्गलबार ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले बताएको छ।
..jpeg)
चासोक तङनाम : ताप्लेजुङमा वृद्धवृद्धालाई सम्मानसहित विविध कार्यक्रम
रेडियो ताप्लेजुङ मंसिर १ गते । किराँत लिम्बू समुदायले नयाँ बाली पाकेपछि भित्र्याउने समयमा मनाउने चासोक तङनाम (न्वागी पर्व) का अवसरमा याक्थुङ
..jpeg)
सोमराज गुरुङको मृत्यु प्रकरणमा श्रीमती र एक पुरुषको संलग्नता
रेडियो ताप्लेजुङ मंसिर १ गते । कार्तिक २४ गते रातिको समयमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित क्याम्पस लाइनमा मृत अवस्थामा भेटिएका एक
..jpeg)
पाथीभरामा कार्तिकमा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन
रेडियो ताप्लेजुङ मंसिर १ गते ।कार्तिक महिनामा ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। उल्लेख्य

..jpeg)
..jpeg)
..jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस