ताजा खबर

ताप्लेजुङका तीन पालिकामा एआई डिजिटल एक्सरे प्रविधिबाट क्षयरोग परीक्षण शिविर हुँदै

SITENAME

रेडियो ताप्लेजुङ

कार्तिक ३० गते ।जिल्लाको फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकाले क्षयरोग पहिचान तथा निवारणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्।

मङ्सिर १ गते मङ्गलबार फुङ्लिङ नगरपालिकाले जिल्लामै पहिलोपटक एआई डिजिटल एक्सरे प्रविधिमार्फत क्षयरोग खोजपड्तालसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ।

शिविरमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, क्षयरोग प्रभावित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, मधुमेह, क्यान्सर तथा मिर्गौलाजस्ता दीर्घरोगका बिरामी, कुपोषित बालबालिका तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको परीक्षण गरिने जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङले जानकारी दिनुभयो। उक्त शिविर वडा नम्बर ४ को कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

उता, फक्ताङलुङ गाउँपालिकाले मङ्सिर २ गते सोही प्रकृतिको शिविर सञ्चालन गर्ने भएको छ। वडा नम्बर ३ स्थित सिवा स्वास्थ्य चौकीमा सञ्चालन हुने कार्यक्रममा सहभागी भई लाभ लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मैतहाङ लिम्बुले आग्रह गर्नुभएको छ।

विशेषगरी क्षयरोगको जोखिममा रहेका व्यक्ति, दुई साताभन्दा बढी समयदेखि लगातार खोकी लागिरहेका बिरामी, दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई परीक्षणका लागि उपस्थित हुन गाउँपालिकाले आग्रह गरेको छ।

त्यसैगरी, मेरिङदेन गाउँपालिकाले पनि सोही प्रकृतिको शिविर सञ्चालन गर्ने जनाएको छ। गाउँपालिकाका अनुसार उक्त कार्यक्रम मङ्सिर ४ गते गाउँ कार्यपालिकाको कार्यालयमा आयोजना हुनेछ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुका कारण लाग्ने सङ्क्रामक रोग हो। यसले मुख्यतः फोक्सोमा असर गर्छ भने शरीरका अन्य अङ्गमा समेत सङ्क्रमण हुन सक्छ। फोक्सोको क्षयरोग भएका व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा हावामा फैलिने जीवाणु साससँगै अर्को व्यक्तिको शरीरमा प्रवेश गरेमा रोग सर्न सक्छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन,२८ गते तीन वर्ष यताकै अधिक भक्तजन

रेडियो ताप्लेजुङ  कार्तिक ३० गते ।ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा यस वर्षको कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले दर्शन गरेका

SITENAME

कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन,२८ गते तीन वर्ष यताकै अधिक

रेडियो ताप्लेजुङ  कार्तिक ३० गते ।ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा यस वर्षको कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले दर्शन गरेका

SITENAME

श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ ताप्लेजुङको हाङपाङमा, पालिका अध्यक्षद्वारा स्वागत

रेडियो ताप्लेजुङ कार्तिक २९ गते ।श्रम संस्कृति पार्टीले आइतबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङमा हातेमालो तथा पार्टी प्रवेश