कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन,२८ गते तीन वर्ष यताकै अधिक

रेडियो ताप्लेजुङ
कार्तिक ३० गते ।ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा यस वर्षको कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले दर्शन गरेका छन्।
यो अवधिमा कुल ६४हजार१०६ जना दर्शनार्थी दर्शनका लागि आएका हुन् ।
अधिक भक्तजन आएको महिना कार्तिकमा एकै दिन ११ हजारभन्दा धेरै भक्तजनले दर्शन गरेको तथ्याङ्क पाथीभरा क्षेत्र विकास समितिसँग छ।
क्षेत्र विकास समितिका अनुसार कात्तिकको अन्तिम शनिबार अर्थात् कार्तिक २८ गते ११ हजार २७२ भक्तजनले दर्शन गरेका थिए ।
उक्त सङ्ख्या पछिल्लो तीन वर्ष यताकै अधिक हो ।
कार्तिक महिनाकै १७ गते मङ्गलबार १० हजार बढी भक्तजन पुगेका थिए। उक्त दिन १०हजार६१६ जनादर्शन गरेका क्षेत्र विकास समितिले जनाएको छ। मासिक रूपमा दर्शनार्थीको सङ्ख्या र भेटी रकमको विवरण क्षेत्र विकास समितिले सार्वजनिक गर्दै आएको छ।
महिनाको अन्तिम दिन आज दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरिएको छ भने आज सार्वजनिक बिदा परेकाले भेटी रकम भने भोलि सार्वजनिक गरिने क्षेत्र विकास समितिले जनाएको छ।
प्रत्येक वर्ष असोज तथा कार्तिक महिनामा दर्शनका लागि अधिक दर्शनार्थी आउने गर्दछन् । दर्शनार्थीको सहजताका लागि यो समयमा क्षेत्र विकास समितिले विशेष व्यवस्थापन गर्ने गरेको छ। यस वर्ष मन्दिर परिसर बाहिर भक्तजनलाई निःशुल्क चिया तथा बिस्कुट वितरण कार्यक्रम गरिएको थियो ।
..jpeg)
ताप्लेजुङका तीन पालिकामा एआई डिजिटल एक्सरे प्रविधिबाट क्षयरोग परीक्षण शिविर हुँदै
रेडियो ताप्लेजुङ कार्तिक ३० गते ।जिल्लाको फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकाले क्षयरोग पहिचान तथा निवारणसम्बन्धी

कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन,२८ गते तीन वर्ष यताकै अधिक भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ३० गते ।ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा यस वर्षको कार्तिक महिनामा ६४ हजार बढी भक्तजनले दर्शन गरेका
..jpeg)
श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ ताप्लेजुङको हाङपाङमा, पालिका अध्यक्षद्वारा स्वागत
रेडियो ताप्लेजुङ कार्तिक २९ गते ।श्रम संस्कृति पार्टीले आइतबार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङमा हातेमालो तथा पार्टी प्रवेश

..jpeg)

..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस