कार्तिक महिनाको अन्तिम शनिबार पाथीभरामा यस वर्षकै अधिक भक्तजन
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक २८ गते ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकै दिन ११ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्।माथिल्लो फेदीस्थित तथ्याङ्क सङ्कलन केन्द्रका अनुसार ११ हजार २७२ जना दर्शनका लागि पाथीभरा पुगेका हुन्।
पाथीभरा मन्दिर दर्शनको मुख्य सिजन मानिने कार्तिक महिनाको अन्तिम शनिबार दर्शनार्थीको सङ्ख्या यस वर्षकै उच्च हो। यसअघि कार्तिक १७ गते १० हजार ६१६ जना दर्शनका लागि पुगेका थिए।
दर्शनार्थीको चाप बढेसँगै सदरमुकाम फुङ्लिङ, काफ्लेपाटी र माथिल्लो फेदीलगायतका क्षेत्रमा भीडभाड बढेको छ। सवारीसाधन छुट्ने स्थानहरूमा समेत चहलपहल बाक्लिएको छ।
ताप्लेजुङबाट बिर्तामोड जाने सवारीसाधनमा समेत यात्रुको चाप बढेको छ। भोलि ताप्लेजुङबाट बिर्तामोड आफुले संचालन गर्ने गाडीको बुकिङ आजै प्याक भएको सवारी चालक बद्री न्यौपानेले बताउनुभयो।
समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा नेपाल, भारतलगायत अन्य मुलुकबाट समेत दर्शनार्थी आउने गरेका छन्।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

ताप्लेजुङमा बन्यो पहिलो पटक क्रिकेट टीम, प्रशिक्षकमा राज, ब्यवस्थापकमा नविन र क्याप्टेनमा रबिन
कार्तिक २६, २०८३ ताप्लेजुङ - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनौट चलिरहँदा हिमाली जिल्ला ताप्लेजुङले पहिलो पटक क्रिकेट टीम बनाएको छ । मेरिङदेन

नेपाल सम्वत ११४७ को अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान
रेडियो ताप्लेजुङ कार्तिक २४ ।नेपाल सम्वत ११४७ का अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल भाषा तथा सांस्कृतिक
..jpeg)
फाल्गुनन्द जन्मजयन्ती : ताप्लेजुङमा हुने कार्यक्रमको तयारी पूरा
रेडियो ताप्लेजुङ कार्तिक २४ गते ।१६औँ राष्ट्रिय विभूति तथा महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा

..jpeg)
..jpeg)




प्रतिकृया दिनुहोस