नेपाल सम्वत ११४७ को अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान

रेडियो ताप्लेजुङ
कार्तिक २४ ।नेपाल सम्वत ११४७ का अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङलिङ स्थित भिन्तुना डाँडामा मङ्गलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
नेपालको मौलिक सम्वतको रूपमा लिइने नेपाल सम्वतका विषयमा उपस्थित प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद खगेन सिं हाङ्गामले बहुजाति र बहुभाषी रहेको देशमा एकले अर्काको संस्कृतिलाई सम्मानसहित अपनत्वको रूपमा ग्रहण गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले जनप्रतिनिधिहरूले समेत सबै भाषा जाति र संस्कृतिलाई सम्मान गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्लावासी नेवा समुदायका अग्रज व्यक्तित्वहरू ,फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा,विभिन्न वडाका वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
फाल्गुनन्द जन्मजयन्ती : ताप्लेजुङमा हुने कार्यक्रमको तयारी पूरा
रेडियो ताप्लेजुङ कार्तिक २४ गते ।१६औँ राष्ट्रिय विभूति तथा महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा
..jpeg)
ओलाङचुङगोलामा ‘फुर्डुप’ पूजाको रौनक, फोरजी सेवा अवरुद्ध
रेडियो ताप्लेजुङ कार्तिक २२ गते । ताप्लेजुङको उपल्लो हिमाली क्षेत्र ओलाङचुङगोलामा विगत आठ दिनदेखि ‘फुर्डुप’ पूजाको रौनक छ।गाउँघरमा
..jpeg)
स्थानीय सरकारले वन ऐन ल्याउनुपर्नेमा ताप्लेजुङका सरोकारवालाको जोड
रेडियो ताप्लेजुङ कार्तिक २१ गते । सामुदायिक वनको संरक्षणका लागि स्थानीय सरकारले वन ऐन अनिवार्य रूपमा जारी गर्नुपर्नेमा ताप्लेजुङका


..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस