ताजा खबर

तेल्लोकमा सिरिजङ्घा गोल्डकप सहित बेजोड सांस्कृतिक कार्यक्रम हुँदै

SITENAME

रेडियो ताप्लेजुङ

कात्तिक २७ गते ।सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सदाझै यस वर्ष पनि मङ्सिर २३ गतेदेखि २९ गतेसम्म 'अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्घा गोल्डकप तथा सिरजङ्घा मेला ' आयोजना हुने भएको छ । 

आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार फुटबल प्रतियोगितामा यस वर्ष अन्तर्राष्ट्रिय आमन्त्रित टोलीको रूपमा युनाइटेड खर्साङ क्लब भारतले सहभागिता जनाउँदैछ। प्रतियोगितामा ताप्लेजुङका सहित पूर्वका विभिन्न नाम चलेका फुटबल टिमहरूले प्रतिस्पर्धा गर्ने शुक्रबार तेल्लोकमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । ताप्लेजुङबाट आयोजक तेल्लोक सर्पोटिङ क्लबले खेल्नेछ भने झापाबाट सैनिक युथ क्लब,इलामबाट रेड हर्स क्लब,पाँचथर फुटबल क्लब पाँचथर ,युनिक महादेव क्लब बेलबारी मोरङ,मरिक एफसी धरान र म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमको पनि सहभागिता रहनेछ। 

यस वर्षको फुटबल प्रतियोगितामा प्रथम बन्ने टोलीले नगद रु ३ लाख ५१ हजार ३२२सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताका लागि १ लाख ७५हजार३२२ रूपैयाँ साथ ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान पाँच हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

ऐतिहासिक व्यक्तित्व किरात लिम्बु लिपिका प्रचारक, सिरिजङ्घा लिपि र याक्थुङ संस्कृतिका प्रणेता तेअङ्सी सिरिजङ्गा सिं थेवेको जन्म भएको स्थलको प्रचारर्थ हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको छ। 

२०७८ सालबाट आमन्त्रण सिजङ्घा गोल्डकप हुँदै आएकोमा तेस्रो संस्करणको प्रतियोगिताबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रुपमा सञ्चालन हुन थालेको आयोजकते तेल्लोक स्पोर्टिङले बताएको छ। 

प्रतियोगितासँगै सिरिजङ्घा मेला अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने बताइएको छ ।

 गोल्डकप र मेला दुवै सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

फङफङदेन झरना मेलामा शम्भु, सुनिता, बबिना र रविनले स्टेज तताउने

ताप्लेजुङ  मंसिर २ देखि ६ गतेसम्म मिक्वाखोला गाउँपालिका ४ साँवामा हुने फङफङदेन झरना पर्यटन मेलामा चारजना कलाकारले मञ्च तताउने भएका छन् ।  आयोजक

SITENAME

फङफङदेन झरना मेलामा शम्भु, सुनिता, बबिना र रविनले स्टेज तताउने

ताप्लेजुङ  मंसिर २ देखि ६ गतेसम्म मिक्वाखोला गाउँपालिका ४ साँवामा हुने फङफङदेन झरना पर्यटन मेलामा चारजना कलाकारले मञ्च तताउने भएका छन् ।  आयोजक

SITENAME

नेपाल सम्वत ११४७ को अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान

रेडियो ताप्लेजुङ कार्तिक २४ ।नेपाल सम्वत ११४७ का अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल भाषा तथा सांस्कृतिक