सिदिङ्वा गाउँपालिकाले उत्पादन गरेको तिहारका फुल बिक्री गर्न सुरु
..jpeg)
ओमेन्सा राई ताप्लेजुङ ,कार्तिक १९ गते।
ताप्लेजुङको सिदिङवा गाउँपालिकामा तिहार लक्षित अर्गानिक सयपत्री फूल खेती, बिक्री सुरु गरेको छ । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले तिहार लक्षित अर्गानिक सयपत्री फूल खेतीलाई प्राथमिकता दिएको थियो ।
गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय कृषकहरूले १६ हजार सयपत्री फूलका बिरुवा रोपण गरेका थिए ।उत्पादित फूलको बिक्रीसमेत सुरु भएको हो ।प्लास्टिकका कृत्रिम फूललाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउने, स्थानीय कृषकलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्ने तथा वातावरण संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास थेबेले जानकारी दिनुभयो छ।
उत्पादन गरिएको अर्गानिक सयपत्री फूलले स्थानीय बजारमा माग पूरा गर्न सहयोग पुग्नुका साथै किसानका लागि आम्दानीको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।स्थानीय स्तरमै फूल उत्पादनलाई प्रोत्साहन गर्दा बाहिरबाट आयात हुने कृत्रिम तथा अन्य फूलको प्रयोग घटाउन र स्थानीय उत्पादनको बजार विस्तार गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिँदै तिहारमा प्लास्टिकका कृत्रिम फूलको सट्टा स्थानीय कृषकले उत्पादन गरेका प्राकृतिक सयपत्री फूल प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
एमाले ताप्लेजुङले यस वर्ष पनि चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दियो
रेडियो ताप्लेजुङ कार्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले यस वर्ष पनि विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना

नागरिकताको प्रतिलिपि प्रक्रियाबारे ताप्लेजुङ प्रशासनले गरायो अवगत
रेडियो ताप्लेजुङ कार्तिक १८ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक
..jpeg)
तिहारमा विद्युत् समस्या हुन नदिने गरी तयारी अवस्थामा छौँ : ताप्लेजुङ वितरण केन्द्र
किरण गदाइली ताप्लेजुङ, कार्तिक १८ गते । नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले तिहारका समयमा विद्युत् आपूर्तिमा समस्या हुन नदिन

..jpeg)
..jpeg)

..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस