नागरिकताको प्रतिलिपि प्रक्रियाबारे ताप्लेजुङ प्रशासनले गरायो अवगत

रेडियो ताप्लेजुङ कार्तिक १८ गते ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातबारे जानकारी गराएको छ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले बुधबार सूचना जारी गर्दै नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिने प्रक्रियाबारे जानकारी गराउनुभएको हो।
सूचनाअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बसोबास गर्ने ताप्लेजुङका नागरिकले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन्। नागरिकता प्रमाणपत्रबाहेक अन्य सेवाका लागि भने राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत जैविक विवरण प्रमाणीकरण हुनुपर्ने जनाइएको छ।
त्यस्तै, ताप्लेजुङबाहेक अन्य ७६ जिल्लाका नागरिक ताप्लेजुङमा बसोबास गरिरहेको अवस्थामा चाहेमा ताप्लेजुङबाटै नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्ने सूचनामा उल्लेख छ।
प्रशासनका अनुसार स्थानीय तहको सिफारिस आवश्यक नपर्ने अवस्थामा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन नागरिकता नियमावली (पाँचौँ संशोधन), २०८३ को अनुसूची १६ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। सबै जिल्लाबाट नागरिकताको प्रतिलिपि माग गर्दा अनुसूची १८ बमोजिमको ढाँचामा निवेदनसहित आवश्यक अन्य प्रमाण तथा कागजात पेस गर्नुपर्ने जनाइएको छ।
साथै, नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन १० रुपैयाँको हुलाक टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने सूचनामा उल्लेख गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
तिहारमा विद्युत् समस्या हुन नदिने गरी तयारी अवस्थामा छौँ : ताप्लेजुङ वितरण केन्द्र
किरण गदाइली ताप्लेजुङ, कार्तिक १८ गते । नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले तिहारका समयमा विद्युत् आपूर्तिमा समस्या हुन नदिन
..jpeg)
यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर
..jpeg)
पाथीभरा याङवरकले पाँच खेलका लागि नियुक्त गर्यो प्रशिक्षक
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । पाथीभरा याङवरक गाउँपालिकाले पाँचवटा खेल विधाका लागि प्रशिक्षक नियुक्त गरेको छ। गत भदौ ३१ गते विभिन्न खेल


..jpeg)
..jpeg)
..jpeg)

..jpeg)

प्रतिकृया दिनुहोस