ताजा खबर

एमाले ताप्लेजुङले यस वर्ष पनि चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दियो

SITENAME


रेडियो ताप्लेजुङ
कार्तिक १९ गते ।

नेकपा एमाले ताप्लेजुङले यस वर्ष पनि विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

पार्टी कार्यालय मदन स्मृति प्रतिष्ठान भवन फुङ्लिङमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय क्षितिज थेबे र गीताकुमारी सेन्दाङसहित विभिन्न राजनीतिक दलका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै समसामयिक राष्ट्रिय राजनीतिका विषयमा समेत चर्चा भएको थियो।

 प्रमुख अतिथि मेन्याङ्बोले वर्तमान परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव लीलाराज पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव युकहाङवीर हाँगाम, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला सहइन्चार्ज तथा प्रदेश नेता विष्णुकुमार हाङबाङ र श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष निमा शेर्पालगायतको उपस्थिति रहेको थियो। त्यस्तै, एमालेका विभिन्न संगठन तथा भ्रातृ संगठनमा आबद्ध प्रतिनिधि तथा पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

एमाले ताप्लेजुङले यस वर्ष चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई पालिका तहमा समेत  गरेको छ। यसअघि कार्तिक १६ गते मिक्वाखोला गाउँ कमिटीले कार्यक्रम आयोजना गरेको थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

सिदिङ्वा गाउँपालिकाले उत्पादन गरेको तिहारका फुल बिक्री गर्न सुरु

ओमेन्सा राई ताप्लेजुङ ,कार्तिक १९ गते। ताप्लेजुङको  सिदिङवा गाउँपालिकामा तिहार लक्षित अर्गानिक सयपत्री फूल खेती, बिक्री सुरु गरेको छ । स्थानीय

SITENAME

नागरिकताको प्रतिलिपि प्रक्रियाबारे ताप्लेजुङ प्रशासनले गरायो अवगत

रेडियो ताप्लेजुङ कार्तिक १८ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक

SITENAME

तिहारमा विद्युत् समस्या हुन नदिने गरी तयारी अवस्थामा छौँ : ताप्लेजुङ वितरण केन्द्र

किरण गदाइली ताप्लेजुङ, कार्तिक १८ गते । नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले तिहारका समयमा विद्युत् आपूर्तिमा समस्या हुन नदिन