ताजा खबर

संविधानसभा सदस्य मादेन, पूर्वउपाध्यक्ष ताम्लिङसहित सयौं श्रम संस्कृति पार्टीमा प्रवेश

SITENAME


रेडियो ताप्लेजुङ

ताप्लेजुङ, कार्तिक १६ गते । श्रम संस्कृति पार्टीको स्थापना दिवसको अवसरमा ताप्लेजुङमा संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा गाउँपालिकाका पूर्वउपाध्यक्ष जीवन ताम्लिङसहित १७५ जना विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

सोमबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित होटल जन्नु इनमा आयोजित कार्यक्रममा पूर्वघोषित कार्यक्रमअनुसार संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको हो। त्यस्तै, सिदिङ्वा गाउँपालिकाका पूर्वउपाध्यक्ष ताम्लिङ पनि सोही कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको छ।

श्रम संस्कृति पार्टीका जिल्ला उपाध्यक्ष अरुण लेछर्बोका अनुसार विभिन्न राजनीतिक दल परित्याग गरी उक्त संख्यामा पार्टीमा प्रवेश गरेका हुन्।

कार्यक्रमका अवसरमा पार्टीले स्थापनाको एक वर्षको अवधिमा गरेका गतिविधि तथा प्रगति विवरणसमेत सार्वजनिक गरेको छ। जिल्ला अध्यक्ष निमा शेर्पाका अनुसार पार्टी स्थापना भएयता ४३औँ हप्तासम्म श्रमदान कार्यक्रम सम्पन्न भएको छ। यस अवधिमा श्रमदानमार्फत विभिन्न विपन्न नागरिकका घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।

प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष शेर्पाले श्रमदानको मर्मलाई आत्मसात् गर्दै निरन्तर सामाजिक कार्यमा जोडिनु पार्टीको मुख्य लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा अतिथिका रूपमा सहभागी प्रदेश कमिटी अध्यक्ष प्रताप राई र उपाध्यक्ष लाक्पा तामाङले वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभएको थियो।

गत वर्षको भदौ महिनामा स्थापना भएको उक्त पार्टीले कार्तिक १६ गते निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको दिनलाई आधार मानेर प्रथम स्थापना दिवस मनाएको हो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

संविधानसभा सदस्य मादेन, पूर्वउपाध्यक्ष ताम्लिङसहित सयौं श्रम संस्कृति पार्टीमा प्रवेश

रेडियो ताप्लेजुङ ताप्लेजुङ, कार्तिक १६ गते श्रम संस्कृति पार्टीको स्थापना दिवसको अवसरमा ताप्लेजुङमा संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा

SITENAME

फुङ्लिङसहितका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, समस्या पहिचान गर्न प्राधिकरणको टोली फिल्डमा

किरण गदाइली ताप्लेजुङ, कार्तिक १६ गते । अमरपुरदेखि हिटी सबस्टेसन आउने ३३ केभी मुख्य लाइनमा ओभर करेन्ट फेस फल्ट हुँदा गए रातिदेखि ताप्लेजुङको हिटी

SITENAME

खेवाङ खेलकुद महोत्सवको तयारी पूरा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, कार्तिक १५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा सोमबारदेखि सञ्चालन हुने खेवाङ खेलकुद महोत्सव २०८३ को