पार्टीको जागरण अभियानलाई नतिजामुखी बनाउँछौँ : नेकपा ताप्लेजुङ

रेडियो ताप्लेजुङ
कार्तिक ११ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले पार्टीको जागरण अभियानलाई जिल्लामा प्रभावकारी र नतिजामुखी बनाउने निर्णय गरेको छ।
बुधबार फुङ्लिङमा बसेको बैठकले जागरण अभियानका क्रममा आगामी निर्वाचनको तयारी र सर्वेक्षणसमेत गर्ने निर्णय गरेको पार्टीका जिल्ला नेता असल पन्दाकले जानकारी दिनुभयो।
अभियानका क्रममा पार्टी र जनताबीचको सम्बन्धलाई नङ र मासुको जस्तै बनाउने गरी तयारी गरिने नेकपा ताप्लेजुङले जनाएको छ। बैठकले वडा तथा पालिकास्तरका सम्मेलन गर्ने र जनताका सुझाव सङ्कलन गरेर अघि बढ्ने निर्णय गरेको छ।
त्यस्तै, पार्टीको महाधिवेशनका विषयमा स्थानीयस्तरबाट सुझाव सङ्कलन गरी माथिल्लो तहलाई मार्गदर्शन गर्न सहयोग गर्ने निर्णयसमेत भएको पन्दाकले जानकारी दिनुभयो।
बैठकमा पार्टीका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नेकपाले कार्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा जनताका गुनासा, राय तथा सुझाव सङ्कलन गरेर अघि बढ्ने नीति लिइएको पार्टीले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

रास्वपा नगरपालिका क्यान्डिडेट क्लब : ताप्लेजुङबाट योग्य उम्मेदवार पठाउने गरी तयार
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले स्थानीय तह निर्वाचनका लागि क्यान्डिडेट क्लबमा सीमित र योग्य

आइटी एकेडेमी ताप्लेजुङमा २० जनालाई निःशुल्क ग्राफिक डिजाइन तालिमको अबसर
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । आइटी एकेडेमी ताप्लेजुङमा ६ महिने निःशुल्क ग्राफिक डिजाइन तालिमका लागि आवेदन खुलेको छ। कोशी प्रदेश सरकार

घरेलुले ताप्लेजुङका पाँच उद्यमीलाई सम्मान गर्ने
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जिल्लाका पाँच जना उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको






..jpeg)


प्रतिकृया दिनुहोस