आइटी एकेडेमी ताप्लेजुङमा २० जनालाई निःशुल्क ग्राफिक डिजाइन तालिमको अबसर

रेडियो ताप्लेजुङ
कार्तिक ११ गते । आइटी एकेडेमी ताप्लेजुङमा ६ महिने निःशुल्क ग्राफिक डिजाइन तालिमका लागि आवेदन खुलेको छ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० जनालाई निःशुल्क ग्राफिक डिजाइनसम्बन्धी तालिम प्रदान गर्न लागिएको एकेडेमीका प्रमुख वसन्त पालुङ्वाले जानकारी दिनुभएको छ।
तालिमका लागि आवेदन फाराम घरेलु तथा साना उद्योग कार्यालयको आधिकारिक फेसबुक पेजबाट प्राप्त गर्न सकिनेछ। भरिएको फाराम csidbtpj@gmail.com इमेल ठेगानामा पठाउन सकिने जनाइएको छ।
एसईई वा एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्रको प्रतिलिपिसहित १८ देखि ४० वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरिएको छ। तालिमका लागि कार्तिक २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।
गत आर्थिक वर्षमा पनि घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा आइटी एकेडेमीबाट ६० जना विद्यार्थीले निःशुल्क वेब डेभलपमेन्ट तथा ग्राफिक डिजाइनसम्बन्धी तालिम लिने अवसर पाएका थिए।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

ताप्लेजुङ युके युवा समाजद्वारा जटिल रोगबाट पीडित तीनजनालाई नगद सहयोग
रेडियो ताप्लेजुङ कार्तिक १० गते । ताप्लेजुङ युके युवा समाज यूकेले जटिल रोगबाट पीडित ताप्लेजुङका तीन जनालाई आर्थिक सहयोग गरेको छ। मङ्गलबार एक
.jpeg)
‘अर्नव’ चक्रवातको प्रभाव ताप्लेजुङमा समेत पर्ने भन्दै सतर्क रहन प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ कार्तिक १० गते । भारतमा विकसित ‘अर्नव’ चक्रवातको शक्तिशाली प्रभाव ताप्लेजुङमा समेत देखिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय
..jpeg)
पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका






..jpeg)


प्रतिकृया दिनुहोस