ताजा खबर

फुटबल विजेताले अलैँची पाउने फङफङदेन मेला मङ्सिर २ देखि

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक ९ गते । मिक्वाखोला गाउँपालिकाको साँवास्थित तेम्बामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म ‘फङफङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला २०८३’ सञ्चालन हुने भएको छ।

यस वर्ष मेलामा खेलकुद गतिविधिसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने आयोजकले जनाएको छ।

मेला आयोजक समितिका संयोजक विजय साँवाका अनुसार मिक्वाखोला क्षेत्रका पर्यटकीय स्थल तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ। मेलामार्फत ताप्लेजुङको अलैँचीको ख्याति विश्वभर फैलाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

अलैँचीको प्रवर्द्धनमा जोड दिँदै आयोजकले गत वर्षदेखि फुटबल प्रतियोगितामा नगदको सट्टा अलैँची पुरस्कारका रूपमा दिने व्यवस्था सुरु गरेको थियो। यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ।

फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची र उपविजेता टोलीले १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार पाउने संयोजक साँवाले जानकारी दिनुभयो।

यस वर्षको मेलामा लोपोन्मुख सांस्कृतिक प्रस्तुतिका साथै राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

फुटबलमा नगदको सट्टा अलैँची पुरस्कार दिने नयाँ अभ्यास सुरु गरेको फङफङदेन झरना पर्यटन विकास समितिले अलैँचीको प्रवर्द्धनका लागि ताप्लेजुङकै ठूलो फुटबल प्रतियोगिता लाखेजात्रा फुटबलमा ‘प्लेयर अफ द म्याच’लाई समेत अलैँची पुरस्कार प्रायोजन गरेको थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

फुटबल विजेताले अलैँची पाउने फङफङदेन मेला मङ्सिर २ देखि

किरण गदाइली कार्तिक ९ गते । मिक्वाखोला गाउँपालिकाको साँवास्थित तेम्बामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म ‘फङफङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला

SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ