ताजा खबर

फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर 

SITENAME

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक वर्ष  २०८३/ ८४ को वार्षिक स्वीकृत कार्यक्रम " हिमाली भेगका लागि पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम " साथै खोरेत रोग विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। जस अन्तर्गत समुद्र सतहदेखि ३२०० मिटरको ओलाङचुङगोला र ४२०० मिटर उचाइमा रहेको याङमा बस्तीमा शिविर सम्पन्न भएको छ। पालिकाका एक देखि ७ तहसम्म संवेदनशील क्षेत्रमा कोप कार्यक्रमको लक्ष्यअनुसार शिविर सञ्चालन गरिएको बताइएको छ । उक्त कार्यक्रमबाट स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा परामर्श र पशुपालन व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिँदै पालिकाले शिविर सञ्चालन गर्नका निमित्त सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेको छ।

 

 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

तमोर महिला कृषि सहकारी संस्थाको सत्रौँ साधारण सभा सम्पन्न, नवनिर्मित भवनको उद्‌घाटन

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली  ताप्लेजुङ सदरमुकाम स्थित फुङ्लिङमा रहेको तमोर महिला कृषि सहकारी संस्थाले आज आफ्नो सत्रौँ साधारण सभा

SITENAME

 दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग 

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली  ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

SITENAME

ताप्लेजुङमा रास्वपाको र्‍यापिड एक्सन टिम गठन

रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्‍यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल