खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म

किरण गदाइली
ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने भएको छ।
खेवाङ स्पोर्टिङ क्लबको आयोजनामा हुने महोत्सवमा तीन विधाका खेल प्रतियोगिता समावेश गरिने भएको छ। खेल संयोजक तथा क्लबका सचिव दीपेश परियारका अनुसार खुला पुरुष फुटबल, वडास्तरीय महिला भलिबल र हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुनेछ।
हाफ म्याराथनको दूरी खेवाङ स्पोर्टिङ क्लबको खेलमैदानबाट एकचना भञ्ज्याङ, लुङ्गथुङ, तावाटार, मानेडाँडा हुँदै जुगेडाँडा पुगेर पुनः खेवाङ स्पोर्टिङ क्लबको खेलमैदानमै आएर टुङ्गिने गरी निर्धारण गरिएको छ।
आयोजक क्लबले दुई वर्षअघि प्रथम खेवाङ गोल्डकप सफलतापूर्वक सम्पन्न गरेको थियो। उक्त प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेका थिए।
आयोजकले गत वर्ष नै खेलकुद महोत्सव आयोजना गर्ने तयारी गरेको थियो। तर जेन्जी आन्दोलनका कारण महोत्सव स्थगित हुन पुगेको थियो। यस वर्ष भने भव्य रूपमा महोत्सव आयोजना गर्ने तयारीमा आयोजक जुटेको बताइएको छ।
खेलकुद प्रतियोगितासँगै खेवाङको पर्यटन तथा सांस्कृतिक विशेषताको प्रवर्द्धन गर्ने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ। खेवाङको पहिचानका रूपमा रहेको सरादेवी नाच प्रस्तुत गरिनेछ भने धान नाच, संगिनी नाचलगायत विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रदर्शनसमेत गरिने आयोजकले जनाएको छ।
खेवाङ गोल्डकपको पहिलो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिने संयोजक परियारले जानकारी दिनुभयो।
वर्षायामको अन्त्यसँगै ताप्लेजुङका गाउँगाउँमा फुटबल गतिविधि बढ्ने गर्छन्। विभिन्न अवसरमा आयोजना हुने यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई खेलकुदमा सक्रिय बनाउनुका साथै आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने गरेका छन्।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

वीरेन्द्र युवा क्लबले जित्यो प्रथम खुला महिला फुट्सल प्रतियोगिताको उपाधि
रेडियोताप्लेजुङ भदौ २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कुलकर्ण फुट्सल, मादेन डाँडामा सम्पन्न ‘प्रथम कुलकर्ण खुला महिला फुट्सल

तिम्बुङ पोखरी ट्रेलरन : सुदूरपश्चिमदेखि भारतसम्मका धावकको सहभागिता
रेडियो ताप्लेजुङ भाद्र २४ गते । भाद्र २५ गते विहीबारका दिन हुने ‘अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८३’ मा सहभागी हुने धावकहरू

सलहेश लगातार दुई संस्करण ताप्लेजुङ गोल्डकप च्याम्पियन
किरण गदाइली भाद्र १९ गते । 'चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप ' को उपाधि सलहेश युथ क्लब सिराहाले जितेको छ।शुक्रबार ताप्लेजुङ








प्रतिकृया दिनुहोस