तिम्बुङ पोखरी ट्रेलरन : सुदूरपश्चिमदेखि भारतसम्मका धावकको सहभागिता

रेडियो ताप्लेजुङ
भाद्र २४ गते । भाद्र २५ गते विहीबारका दिन हुने ‘अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८३’ मा सहभागी हुने धावकहरू तिम्बुङपोखरी क्षेत्रमा पुगेका छन् । विहीबार बिहान मौसमको अनुकूलता हेरेर प्रतियोगिता गराउने तयारीमा आयोजक रहेका छन् । ठुलो वर्षा र हावा, हुरी आँधी नभए बिहान ७ बजेसम्ममा प्रतियोगिता प्रारम्भ भइसक्नेछ । उच्च लेकाली क्षेत्रमा बिहानको समयलाई राम्रो र अनुकुल मानिन्छ । मध्यान्ह १२ बजेसम्ममा खेलको छिनोफानो हुन्छ । साहसिक प्रतियोगिताको हौसला बढाउन प्रतिनिधिसभाका सांसद क्षितिज थेवे, सिदिङवाका अध्यक्ष मानबहादुर राई लगायतका गाउँपालिकाका प्रमुख, उपप्रमुख, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सतिका सुरक्षा अधिकारी लगायतको टोलिपनि विहीबार प्रतियोगिता हुने स्थलमा पुगेको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिए । भारतको सिक्किमबाट पनि विशिष्ट पाहुना आउने उनले बताए । तिम्बुङ पोखरी क्षेत्रको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागी हुन नेपालको सुदूरपश्चिम, कर्णाली देखि भारतको पश्चिम बङ्गाल, सिक्किम देखिका धावक पुगेको राईले बताएका छन् । यस वर्ष खुल्ला, महिला र स्थानीय गरी तीन विधामा प्रतियोगिता हुँदैछ । ट्रेल रनको दूरी २१ किलोमिटर निर्धारण गरिएको छ ।४ हजार ३ सय ५० मिटर उचाइको तिम्बुङपोखरी सुरु भई ३८ सय मिटरको पाङदुवा झर्ने र फेरी ४२ सय मिटरको ठुलो भन्ज्याङमा पुगेर टुङगीनेगरी रुट निर्धारण गरिएको छ । सिदिङवा गाउँपालिका अध्यक्ष राई ३८ सय देखि ४३ सय ५० मिटर बिचको दूरीमा दौडनुपर्ने भएकाले कठिन र चुनौतीपूर्ण रहेको बताउँछन् । दौडका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राखी स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको व्यवस्थापन गरिएको राईले जानकारी दिए ।
ट्रेल रन गर्ने क्षेत्र डाँडा, भन्ज्याङ, खोँच सबैखाले रहेको आयोजकले बताएका छन् । प्रतियोगिताका विजेता महिला तथा पुरुष प्रथमले ८३ हजार ५ सय २५, दोस्रोले ६३ हजार ५ सय २५ प्राप्त गर्नेछन् । पुरुष तेस्रोले ४३ हजार ५ सय २५ पाउनेछन् । तिम्बुङ पोखरी रहेको सिदिङ्वा गाउँपालिकाभित्रका बासिन्दा मध्येका पहिलो प्रतिस्पर्धीले ३३ हजार ५ सय २५ पाउने आयोजकले बताएका छन् । ट्रफी, मेडल र प्रमाणपत्र सबै विजेताका लागि रहेको छ ।
महिला र स्थानीय सहभागीको सङ्ख्या कम हुने भएकाले महिला तर्फ द्वितीय सम्म र स्थानीय तर्फ एक जनालाई मात्रै पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएका छन् । यस अघिका दुई वर्षपनि यस्तो प्रतियोगिता सम्पन्न भएको छ । अघिल्ला वर्षका विजेताले ५० हजार उपविजेताले ३५ हजार र तेस्रोले २० हजार रुपियाँ पाएका थिए । महिला र स्थानीय तर्फका विजेतालाई २५ हजार र १५ हजार प्रदान गरिएको थियो । यसवर्ष पुरस्कार राशि र सङ्ख्या वढाइएको हो । गाउँपालिका, पर्यटनसँग सम्बद्ध संघसंस्था तथा सरकारी निकाय र स्थानीयसँगको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको राईले जानकारी दिए । प्रतियोगितासँगै याक–चौंरी प्रदर्शनी, केलाङ नृत्य प्रस्तुती, पोखरी लगायतका पर्यटन क्षेत्रको भ्रमण लगायतका कार्यक्रम रहेका छन् । तिम्बुङपोखरी क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्याउने ताप्लेजुङ पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर कुमार राई र पाँचथरका पूर्व अध्यक्ष गिरिराज बाँस्कोटालाई ३० हजार नगद सहितको ‘पर्यटन पत्रकारिता पुरस्कार’ समेत प्रदान गरिने आयोजकले बताएका छन् ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म
किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने

वीरेन्द्र युवा क्लबले जित्यो प्रथम खुला महिला फुट्सल प्रतियोगिताको उपाधि
रेडियोताप्लेजुङ भदौ २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कुलकर्ण फुट्सल, मादेन डाँडामा सम्पन्न ‘प्रथम कुलकर्ण खुला महिला फुट्सल

सलहेश लगातार दुई संस्करण ताप्लेजुङ गोल्डकप च्याम्पियन
किरण गदाइली भाद्र १९ गते । 'चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप ' को उपाधि सलहेश युथ क्लब सिराहाले जितेको छ।शुक्रबार ताप्लेजुङ








प्रतिकृया दिनुहोस