वीरेन्द्र युवा क्लबले जित्यो प्रथम खुला महिला फुट्सल प्रतियोगिताको उपाधि

रेडियोताप्लेजुङ
भदौ २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कुलकर्ण फुट्सल, मादेन डाँडामा सम्पन्न ‘प्रथम कुलकर्ण खुला महिला फुट्सल प्रतियोगिता’को उपाधि वीरेन्द्र युवा क्लबले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा आयोजक टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो। विजेता टोलीका लागि सृजना श्रेष्ठले दुई तथा सम्झना लिम्बूले एक गोल गरे। उपविजेता आयोजक टोलीका लागि अनुसा थाङ्देनले एकमात्र गोल गरिन्।
उपाधिसँगै वीरेन्द्र युवा क्लबले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता आयोजक टोलीले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ।
हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा ताप्लेजुङका १७ र पाँचथरको एक गरी जम्मा १८ टोलीको सहभागिता रहेको थियो।
ताप्लेजुङ जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा कुलकर्ण फुट्सलले प्रतियोगिता आयोजना गरेको हो। आयोजकका अनुसार यो जिल्लाकै पहिलो तथा ऐतिहासिक महिला फुट्सल प्रतियोगिता हो। यसअघि सोही स्थानमा पहिलो पटक पुरुष फुट्सल प्रतियोगिता पनि सम्पन्न भइसकेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म
किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने

तिम्बुङ पोखरी ट्रेलरन : सुदूरपश्चिमदेखि भारतसम्मका धावकको सहभागिता
रेडियो ताप्लेजुङ भाद्र २४ गते । भाद्र २५ गते विहीबारका दिन हुने ‘अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८३’ मा सहभागी हुने धावकहरू

सलहेश लगातार दुई संस्करण ताप्लेजुङ गोल्डकप च्याम्पियन
किरण गदाइली भाद्र १९ गते । 'चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप ' को उपाधि सलहेश युथ क्लब सिराहाले जितेको छ।शुक्रबार ताप्लेजुङ








प्रतिकृया दिनुहोस